नव निर्वाचित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक राम ओलीबाट आगामी शैक्षिक व्यबस्थापनका लागी प्रस्तुत प्रतिवेदन !
शैक्षिक ‘सुधारका लागी आगामी नयाँ कार्ययोजनाहरु
रोल्पा जिल्लाको पश्चिम भूभागमा अबस्थित जिल्ला सदरमुकाम देखि २७ कोष सुदूरपश्चिम सल्यानको सिमाना सँग जोडिएको हालको श्री सिदार्थ माध्यामिक बिद्यालय घोप्टेओढार पातिहाल्ना बि.स. २०४५ सालमा श्री सिदार्थ प्राथामिक विद्यालय घोप्टेओढार पातिहाल्नाको नाममा स्थापना गरिएको हो ।
यहाँका जनसमुदायका बालबालिकालाई दक्ष जनशक्तिको रुपमा उत्पादन गर्न उक्त विद्यालयको आबस्यकताको महसुस गरि तत्कालिन अबस्थाका सक्रिय विभिन्न राजनीतिक दल, समाज सेवक, बुद्दिजिबि र आम समुदायको पहलमा उति खेर स्यालको बास हुने स्याले डाँडामा दक्ष जनशक्ति उत्पादन गर्ने कारखानाको रुपमा एउटा सानो झुपडी खडा गरि यहाँका समुदायले त्यहि झुपडीलाई स्कुलको रुप दिएका थिए ।
यस बिद्यालयका तात्कालिक क्रियाशील शिक्षक, बिद्यालय ब्यबस्थापक समिति र यहाँका समुदायको सामुहिक सहकार्यमा बिद्यालयलाई सक्रिय रुपमा संचालन गरि छोटो समयमै शैक्षिक स्तर बृदी गरी जिल्लाकै नमुना बिद्यालयको रुपमा स्थापित भएको इतिहास हाम्रो सामु जिवितै छ ।
विद्यार्थीहरुको भौतिक सुबिधाको हिसाबले हेर्दा यस क्षेत्रका बिद्यार्थीहरु २/३ घण्टाको लामो दुरीमा यात्रा गरि स्तरीय शिक्षा हाँसिल गर्नु पर्ने कठिनाइलाई मध्यनजर गरि यहाँका शिक्षक, अगुवाई समाज सेवी र समुदायहरुले बिद्यालय स्तर उन्नतिको आबस्यक्ताको महसुस गरि २०५४ सालमा निम्न माध्यमिक तहको पढाई हुने ब्यबस्थापन गर्दै यस बिद्यालयले शैशिक स्तर बृदी गर्न रोल्पा जिल्लाकै नमुना बिद्यालयको रुपमा परिचित बनेको ईतिहास भेटिन्छ ।
युग सुहाउदो शिक्षाको आबस्यकता यहाँका समुदायहरुमा प्रभाब अझ बढ्दो रुपमा टड्कारो भएर आउदा यस बिद्यालयलाई पुन शैक्षिक स्तर उन्नतिका लागि श्री बिरेन्द्र उच्चमाध्यामिक बिद्यालय नाउलिको शाखाको रुपमा दुई बर्ष सम्म माध्यामिक तहको पठनपाठन भएको थियो । दुइ बर्षको संघर्ष पछी माध्यामिक तहको अनुमति २०६८ मा पाई हालसम्म निजि स्रोतबाट माध्यामिक तहको पठनपाठन भइ रहेको सर्बबिधितै छ ।
राज्य बाट यस बिद्यालयको मावि र निमावी तहमा एउटा पनि स्वीकृति प्राप्त दरबन्दी नपाइ रहेको अबस्थामा यहाँका जनतालाई बिद्यालय ब्यबस्थापन गर्न आर्थिक संकट भोगे पनि शैक्षिक ज्ञान द्वारा दक्ष जनशक्ति उत्पादन गर्नलाई आजको टेक्नोलोजीको शिक्षामा प्रविधिको बिकाश संगै आजको भूमण्डलीकरणको दुनियालाई थेग्न स्तरीय शिक्षाको मध्यनजर गरि यस क्षेत्रको आगामी शैशिक स्तरको महा अभियानलाई आत्मसाथ गर्दै आजका बालबालिकाहरुको स्तरीय शिक्षा ब्यबस्थापनका लागि यो प्रस्तावित योजना बिद्यालय ब्यबस्थापन समितिको अध्यक्ष पदमा नियुक्ति हुने आशाका साथ् मेरा प्रस्तावित योजनाहरु निम्न बमोजिम रहेका छन् ।
शैक्षिक सुधार
- आजको बदलिदो युगलाई मध्यनजर गरि बिश्व भूमण्डलीकरणको पृष्ठ भूमिमा रहेर यस क्षेत्रका जनताका बालबालिकाहरु रास्ट्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा शिक्षाको स्तर समायोजनमा सहज हुने उदेश्यका साथ् शिशु/ कक्षा १ देखि कक्षा १० सम्म क्रमिक रुपमा माध्यामिक तह सम्म अंग्रेजी माध्याम (english medium) पठनपाठनको ब्यबस्था गरिने छ ।
- टेक्निकल शिक्षालाई प्राथामिकतामा राखी यस बिद्यालयमा प्रयाप्त कम्प्युटरको ब्यबस्था गर्नेछु ।
- बालबालिकाहरुले शिक्षा आर्जन गर्दा अइच्छा, बोज तथा मानसिक तनावको न्यूनीकरण गरि सहज र उत्सुक वातावरणमा पठनपाठन गराउन शिशु देखि १० कक्षा सम्म ई-पाठलाई भिडियो प्रोजेक्टरबाट पठनपाठन हुने व्यबस्थाको पहल गर्नेछु ।
- बालबालिकाहरुको शैशिक स्तर अनुगमनका लागि सम्बन्थित अभिभावक सँग मासिक अन्तरक्रिया गर्नेछु ।
- स्तरीय शिक्षा प्राप्त गर्ने अवसरलाई मुख्य ठानी हाल सम्मका भोजपुर्ब वि.व्य.स.का अध्यक्ष सँग समीक्षात्मक अन्तरक्रिया चलाउने छु ।
- बालबालिकाहरुको शैशिक स्तरका लागि मैले ल्याएको कार्ययोजना स्पस्ट पार्न र लागु गर्नको लागि बौधिक तप्का सँग अन्तरक्रिया परामर्श चलाउने छु ।
- यस बिद्यालय लाई रोल्पा जिल्ला कै नमुना बिद्यालयको रुपमा स्थापित गर्न जिल्लामा कार्यरत सरकारी तथा गैरसरकारी सँस्थाहरु सँग समन्वय गरि आबस्यक योजना तर्जुमा/माग गर्ने छु ।
- प्रस्तावित योजनालाई पुरा गर्न स्रोत ब्यक्ति र जिल्ला शिक्षा कार्यलय सँग नजिक रही छलफल परामर्श लिई रहनेछु ।
- शैशिक सुधारका लागि अभिभावक, शिक्षक र बिद्यार्थीहरु बीच त्रिकोणात्मक सम्बन्ध राखी गम्भीर रुपमा छलफल गर्नेछु ।
- बिध्यार्थिलाई सहज वातावरणमा पठनपाठन गर्ने जिल्लाकै नमुना बिद्यालयका लागि आवासीय विद्यालय बनाउन प्रयत्न गर्नेछु ।
- नमुना बिद्यालय निर्माणका लागि जिल्ला स्तरका राजनीतिक दल, शैक्षिक स्रोत व्यक्ति तथा अन्य विभिन्न व्यक्तित्वहरु सँग अन्तरक्रिया छलफल गर्नेछु ।
- अंग्रेजी माध्यामलाई सु-ब्यबस्थित बनाउन यहाका शिक्षकहरुलाई प्राबिधिक तालिमको ब्यबस्था मिलाउने छु ।
- बिद्यार्थीहरुलाई स्वअध्यनका लागि बिद्यालयमा लाइबेरी/ इ-लाइवेरीको ब्यबस्था गर्नेछु ।
- बिशेष गरि बालबालिकाहरुको शैशिक जग शिशु र कक्षा एक हुने भएको हुँदा शिक्षण क्रियाकलापलाई सहज बनाउन प्रसस्त पाठ्यसामाग्रीको ब्यबस्था गर्नेछु ।
- शिक्षकको तलब बृदी बारे राज्यले दिएको सेवा सुबिधा र उसको कार्य दक्षता अनुसार बृदी गर्नेछु ।
- यस बिद्यालयलाई अझै स्तर उन्नति गरि प्राबिधिक बिद्यालय निर्माण कार्य गर्नेछु ।
भौतिक सुधार
- यस बिद्यालयमा बालबालिकाहरुलाई पठनपाठनका लागि बनाइएका कच्ची भबनहरुलाई बिस्ताबित गरि पक्कि भवन निर्माण गर्न सरकारी तथा गैरसरकारी निकाय सँग पहल गर्नेछु ।
- आवासीय बिद्यालय भबन निर्माणका लागि विभिन्न सरकारी तथा गैरसरकारी सँस्थाहरु सँग पहल गरि ब्यबस्था गर्नेछु ।
- आवासीय बिद्यालयका लागि २४ घण्टा पानीको ब्यबस्थाका लागि विभिन्न सरकारी तथा गैरसरकारी सँस्थाहरु सँग पहल गरि ब्यबस्था गर्नेछु ।
- बिद्यालयमा घेरबारको आवस्यकता भएको हुँदा प्रखाल निर्माणका लागि विभिन्न सरकारी तथा गैरसरकारी सँस्थाहरु सँग पहल गरि ब्यबस्था गर्नेछु ।
- बिद्यार्थीहरुको खेल बिकाशका लागि खेल मैदान र खेल सामग्रीको ब्यबस्था गर्नेछु ।
- बिद्यालयमा आबस्यक पर्ने डेस्क, बेन्चहरुको पर्याप्त ब्यबस्था गर्नेछु ।
- हराभरा बिद्यालय तथा स्वच्छ वातावरणका लागि स्कुल वरिपरी तथा आगनको छेउछाउमा बिरुवा रोपेर हुर्काउन पहल गर्नेछु ।
- यस बिद्यालयको नाममा नाफी नक्सा भएको जग्गालाई पूर्ण रुपमा बिद्यालयको उपयोगका लागि अमिन ल्याई बिद्यालयको क्षेत्र छुट्टयाउने छु ।
आर्थिक सुधार
- यस बिद्यालयमा आर्थिक समस्या भएको हुँदा दीर्घकालीन आर्थिक स्रोत निर्माणका लागि अक्षकोष खडा गर्न यहाँका समुदाय तथा देशी बिदेशी दाताहरु सँग अनुरोध गर्नेछु ।
- अक्षकोष निर्माणका लागि यहाँका समाजसेवी अभिभावकहरु सँग छलफल गरि कम्तिमा १० लाख देखि १५ लाख सम्मको अक्षकोष निर्माण हालै गर्नेछु ।
- अक्षकोष लाई पूर्णता दिन एक शैशिक सत्र भरि पूर्ण अभियानमा लागि पर्नेछु ।
- अक्षकोष निर्माणको पहिलो आधार वडावासी सम्पूर्ण समुदायलाई भेला गराई रायसुझावका आधारमा एकघर एक अक्षकोषका लागि सक्दो सहयोगको अभियान चलाउने छु ।
- अक्षकोष निर्माणका बलियो आधार भनेका शिक्षक कर्मचारी, ब्यापारी, राजनीतिकदल, समाजसेवक, अभिभाबक, देशी तथा विदेशी रोज्गारवालाहरु हुन् तसर्थ गाविस स्तरीय भेलाको आयोजना गरी जिसियोको उपस्थिति बनाई आर्थिक संकलन वातावरण बनाउन पहल गर्नेछु ।
- अक्षकोषको ब्याजदर बाट संकलित आय आर्जनबाट आबस्यकीय नयाँ शिक्षकको ब्यबस्था गर्नेछु ।
- आर्थिक श्रोतका लागी बिद्यालय नजिक रहेको सार्बजानिक जग्गालाई विद्यालयको नाममा उपयोग गरी बजार ब्यबस्था गर्न र सोको कर तथा भाडा बिद्यालय ब्यबस्थापनमा प्रयोग गर्न यहाँका समुदाय सँग छलफल गरि लागु गर्नेछु ।
नमुना बिद्यालयका लागि सुचना संचार
- आजको युगमा बिस्व मुठ्ठीभर छ जसको कारण संचार जगत बनेको छ, त्यसकारण नमुना विद्यालय निर्माणका लागि प्रचारप्रसारको आवश्यकता भएको हुँदा बिद्यालयको नाममा आफ्नै वेवसाइड खोल्ने छु ।
- वेवसाइड डिजाइन गरि यस बिद्यालयको इतिहास र बर्तमानको प्रोफाइललाई कैद गरि सुरक्षित गर्नेछु र बिद्यालय सम्बन्धि विभिन्न जानकारीहरु राख्ने ब्यबस्था गर्नेछु ।
- विद्यालयको नाममा इमेल, फेसबुक र ट्वीटर खोलेर बिद्यालयको दैनिक गतिबिधि प्रवाह गर्नेछु ।
- नमुना बिद्यालयका लागि हरेक हाम्रा अभियानहरु यिनै सामाजिक संजालका उपकरणहरु मार्फत प्रचारप्रसार अभियान लागु गर्नेछु ।
विविधमा
- यी माथिका हरेक योजनाहरुलाई कार्यन्वायन गर्न विभिन्न विभागहरु गठन गरि आ-आफ्नो ठाउमा जिम्मेवारी बहन गर्न गराउन उत्प्रेरित गर्नेछु/गराउनेछु ।
- तपाईहरु जोकोही बाट नमुना बिद्यालय निर्माणका लागि आबस्यकीय नयाँ कार्ययोजनाहरु ल्याउनु भएमा सहर्ष छलफल गरि लागु गर्नेमा उत्सुक रहनेछु र गर्नेछु ।
अन्तमा नमुना बिद्यालय निर्माण अभियानलाई सफल पार्न म एक्लैले सम्भब हुनेछैन, तपाइँ हामी वडा बासीको सहयोग र सहकार्यले मात्र सम्भब हुनेछ । यी महत्व कान्छी योजनाहरु सफल हुनु नै हाम्रा आजका बालबालिकाहरुको शैक्षिक भबिस्य सुधार्नु हो । तसर्थ हामी बीच रहेका मनमुटाव भन्दा माथि उठेर समाज हित र सामुदायिक सँस्था हितका लागि हातेमालो गरौ । तपाइँ हाम्रो एकता भए सफलताको चुचुरो नजिकै भेटिने छ । त्यसका लागि भरपुर आँट र जाँगर जोस आत्मै देखि पैदा गर्नु पर्नेछ । यहि हाम्रो आजको एतिहासिक अभिभारा हो ।
धन्यवाद