भनिन्छ, पढनलाई प्रविधि युक्त ब्यबस्थित विद्यालय होस्, जहाँ आधुनिकउपकरण तथा बिषयगत प्रयोगशालाले भरिपुर्ण होस्, र अध्यन गर्ने बिद्यालय सुबिधा युक्त शहरमा होस्, अनि नमुना विद्यालयको परिचय बोकेको होस्। यस्तै भरिपुर्ण आवस्यकताहरु भित्र उच्च शिक्षा हासिल गर्ने र राम्रो अंक प्राप्त गर्ने सपना हरेक बालबालिका तथा विद्यार्थीहरुको हुन्छ ।
तर अभावहरुको बिकट बस्तिमा यस्ता सपनाहरु आकाशको फल सरह भइदिन्छन । घरको श्रम र आफ्नो शिक्षालाई एकै साथ् हाजिर गराउनु पर्ने बाध्यता बीच अध्यन गर्ने बिद्यार्थीहरुलाई स्तरीय शिक्षा हाँसिल गर्ने कुरा त केवल कल्पना मात्र हुनेछ तर इच्छा भए उपाए संगै सफलता अब्यस्य आउछ भन्ने कुराको पुष्टि गर्दै छिन एक पहाडकी छोरी !
यस्तै अभावहरु र नसोचिएका कल्पनाहरुलाई तोड्दै गाँउ देखि राजधानी सम्मको शैक्षिक यात्रामा सफलता चुमेकी तिनै छोरीले २०७२ सालको शिक्षासास्त्र संकाय अन्तर्गत स्नातकतहमा छात्रा तर्फ नेपाल टप भइन र सबैलाई खुसि तुल्याइन।
![14290051_o](https://siddharthamv.edu.np/wp-content/uploads/2016/09/14290051_o.jpg)
राष्ट्रपति द्वारा प्रमाण पत्र र गोल्ड मेडलमा सम्मानित लेखा केसी
उनको नाम हो लेखा केसी ! बिकट जिल्ला रोल्पा जिनावाङ्ग ४ मा जन्मेकी लेखा २०५६ बैशाख १२ गते पहिलो पटक आफ्नै गाउको श्री गणेश निम्न माध्यामिक विद्यालयमा पाइलो टेकेकी थिइन् । उक्त बिद्यालयमा कक्षा १ देखि कक्षा ५ सम्म अध्यन गरेकी हुन्।
२०६२ सालमा निम्न माध्यामिक तहको शिक्षा हासिल गर्न श्री शिद्धार्थ माध्यामिक विद्यालय घोप्टेओढार ३ जिनावाङ्गमा पुगिन, जहाँ अहिले नमुना विद्यालय निर्माण अभियान चली रहेको छ । उक्त विद्यालयमा कक्षा ६ देखि ८ सम्म अध्यन गरि तात्कालिन समयमा माध्यमिक तह नभएको हुँदा, माध्यामिक तहको पठनपाठनका लागी २०६५ सालमा श्री विरेन्द्र उच्च माध्यामिक बिद्यालय नाउली -९ जिनावाङ्गमा कक्षा ९ र १० अध्यन गरेकी हुन् ।
सोही विद्यालयबाट २०६६ सालको एसएलसीमा ५९.२५ % ल्याएर मात्र .७५ नम्बर नपुगेर फस्ट डिभिजन हुनबाट चुकेकी थिइन् लेखा केसी ।
गाउँको स्कुलमा पढ्दा बिध्यार्थीहरुको कहाँनी बिरालोले आफ्नो बच्चाहरुको बसाई सार्ने ब्यथा सँग ठ्याक्कै मिल्छ । एउटै र उस्तै बिद्यालयमा अध्यन गरेर सम्पूर्ण शिक्षा हासिल गर्न मुस्किल छ । भौगोलिक विकटता र तहगत विद्यालय अभावका कारण पढाईका लागि विरालाले आफ्नो सन्तानको बसाई-सराई जस्तै बालबालिकाहरु एक बिद्यालयबाट आर्को बिद्यालयमा पढाई-सराइ गर्नु पर्ने बध्याताहरु उब्जेका हुन् । किन कि शिशु देखि उच्च शिक्षा सम्म अध्यनको ब्यबस्था एकै ठाउमा हुने ब्यबस्था छैनन ।
बिषयगत उच्च माध्यमिक तह पढनका लागि रोल्पा जिल्ला छोडेर सल्यान जानु पर्ने भयो र २०६७-६९ सालमा श्री शीवजन उच्च माध्यामीक विद्यालय सीतलपाटी सल्यानबाट ‘प्रबिनाता प्रमाण पत्र तह’ साइन्समा (HSEB) अध्यन सिध्याएर, पढाई-सराइको यात्रा अझै काठमान्डौ राजधानी सम्म डोर्याउनु पर्ने स्थिति आयो लेखालाई।
पढाई -सराई कै क्रममा उच्चस्तरीय शिक्षा हासिल गर्न लेखा शहर पस्नुको बिकल्प रहेन । चाहेर पनि बिषयगत बिद्यालयहरु गाउमा नहुँदा शैक्षिक यात्रालाई गाउदेखि राजधानी सम्म पुर्याउनु पर्ने भयो । उनकी आमा गंगा देबी केसी र बाबा महेश कुमार केसीले २०६९ सालमा काठमाण्डौ स्थित सानोठिमी क्याम्पस भक्तपुरमा पढ्ने शौभाग्य प्रदान गरिदिए ।
२१औ शताब्दीमा पनि अझै छोरीहरु घरको चुलो चौकोमा मात्र सिमित हुनुपर्छ र छोराहरु स्कुल पढ्नु पर्छ भन्ने पुरातन समाजलाई चुनौती दिएर छोरीलाई राजधानीको उच्च क्याम्पसमा पढाउने बाबा आमाको हिम्मतलाई छोरीहरुले शौभाग्य नै ठान्नु पर्छ ।
राजधानी पढ्न छिरेकी गाउकी इमान्दार छोरी ३ बर्ष भित्र नेपाल टप भएको नतिजा निकालेर २०७२ सालमा त्रिभुवन विश्वबिद्यालयको शिक्षासास्त्र संकाय अन्तर्गत स्नातक तहमा छात्रातर्फ सबैभन्दा बढी अंक प्राप्त गर्न सफल भइन ।
स्नातकतहमा ७२% प्राप्त गरि उतकृष्ट भएकी लेखा केसीलाई ३७ औं शिक्षा दिवसको अबसरमा सम्माननीय महिला राष्ट्रपति बिध्यादेबी भण्डारीबाट “नेपाल छात्रा बिद्यापदक” ले विभूषित भइन । वर्तमान महिला राष्ट्रपतिबाट प्रमाण पत्र तथा गोल्ड मेडल समेत प्राप्त गरिन ।
![14372008_1065337273583222_2091850394_n](https://siddharthamv.edu.np/wp-content/uploads/2016/09/14372008_1065337273583222_2091850394_n.jpg)
महिला राष्ट्रपति बिध्यादेबी भण्डारीबाट “नेपाल छात्रा बिद्यापदक” ले विभूषित हुँदै लेखा केसी
शायद हरेक आमाबावा तथा आफन्तहरुले सन्तानहरुको यस्तै सफलताको प्रतिक्षामा कुरिरहेका हुन्छन, जुन प्रतिक्षाको घडीलाई तोडेर उनको शैक्षिक जीवनको यात्राले आफन्तलाई मात्र खुसि दिलाएन, सिंगो बर्गलाई खुसि दिलायो । सिंगो क्षेत्रलाई खुसि तुल्यायो । सिंगो राष्ट्रलाई खुसि दिलायो ।
स्तरीय शिक्षाको सपना बोकेर शैक्षिक समरमा यात्रा गरिरहने बिकट बस्तीका बालबालिका तथा निम्न स्तरका बिध्यार्थीहरुका लागि उनको यो सफलता अझ ठुलो प्रेणादायी बनेको छ ।
सानै देखि लगनशील र अनुशासित लेखाको अध्यन प्रतिको लगाव र निरन्तरताले स्नातकोत्तर तहको शिक्षामा अन्ततः ठुलो सफलता दर्ज गरेकी छिन । सुबिधा युक्त सम्पन्न शहरमा आधुनिक सुविधामा अध्यन गरेका विद्यार्थीहरुलाई उछिन्दै पहाडकी छोरीले पहिलो स्थान हासिल गरेकी हुन् ।
उनको यो नतिजाले लगनशील र अनुसासित बिध्यार्थीहरुको लागि आधुनिक सुविधाले उत्कृष्ट हुनबाट छेक्न सक्दैन, दैनिक अभावले पनि रोक्न सक्दैन भन्ने कुराको पुष्टी गरेको छ ।
सफलताको पछाडी उनको अनुसासन र लगनशीलता त छँदै छ, यसको अलावा उनका आमा वावा तथा आफन्तजनहरु र अध्यन अध्यापन गराउने शिक्षक तथा गुरुहरु प्रति आभारी छिन लेखा । असल अभिभाबक र गुरुहरुको साँचो आशिर्वादका साथै उनको व्यक्तिगत मेहनत नै सफलताको कडी ठान्छन उनका श्रीमान गोपाल चन्द ।
लेखा केसीको शैक्षिक अध्यन अझै जारि रहेको छ । हाल ग्रामिण आदर्श बहुमुखी क्याम्पस बालाजु नेपालटार काठमाण्डौमा “समाजसास्त्र” मा एमए गर्दैछिन । उनको अध्यन प्रति अत्यन्त खुसि भएका जिबन साथि गोपाल चन्द भन्छन, “लेखाको यो स्प्रिटलाइ निरन्तरता दिन आर्थिक अबस्थाले नभ्याए पनि ऋणधन गरेर नै किन नहोस समाजसास्त्र बाटै पीएचडी हासिल गराउने छु” ।
कुनै व्यक्तिको सफलताको पछाडी समय परिवेश र बस्तु सँग जीवनका हरेक साइनो सम्बन्धहरु जोडिएका हुन्छन । त्यस्तै लेखाको अतीतको यात्रामा श्री सिद्दार्थ माध्यामिक विद्यालयको आगन पनि एक हिस्सेदार छ, जुन एउटा सफलताको चुचुरो सम्म डोर्याउदै लैजाने गोरेटो बनेको थियो । संयोग नै भन्नु पर्छ, लेखाको त्यो हिजोको गोरेटो आज आफै नमुना विद्यालयको पहिचान खोज्दै छ र अहिले “नमुना विद्यालय निर्माण अभियान” को महान यात्रामा दौडी रहेको छ ।
नमुना विद्यालय निर्माण अभियानको यो दौड पनि यस क्षेत्रका अन्य बालबालिका/बिध्यार्थीहरुले लेखाको झैँ उत्कृष्ट नतिजाको खोजी अभियानमा नै आधारित छ, उनको यो उत्कृष्ट नतिजाले नमुना विद्यालयको पहिचानमा थप उर्जाशिल बनेको छ, अनि हाम्रो विद्यालयले गर्व गर्दै बधाई ज्ञापन गर्दछ र यस्तै सुनौला शैक्षिक इतिहासको निर्माण यात्रामा कुदिरहने छ ।
तर त्यसको लागी लेखा जस्तै लगनशील र अनुसासित विद्यार्थीहरुले यस्तै सफलताको चुम्ने छन । लेखाको शैक्षिक यात्रा अझै प्रगतिमय होस्, उनको सफलतामा हाम्रो सफलता पनि भेटिने छ ।
धन्यवाद !!
तस्बिरहरु:
![%e0%a4%b2%e0%a5%87%e0%a4%96%e0%a4%be-1](https://siddharthamv.edu.np/wp-content/uploads/2016/09/लेखा-1-1.jpg)
राष्ट्रपति द्वारा प्रदान गरिएको प्रमाण पत्र र गोल्ड मेडल
![14371871_1065337233583226_1984283033_n](https://siddharthamv.edu.np/wp-content/uploads/2016/09/14371871_1065337233583226_1984283033_n.jpg)
गोल्ड मेडलका साथ् लेखा केसी
![14341942_1065337736916509_237187326_n](https://siddharthamv.edu.np/wp-content/uploads/2016/09/14341942_1065337736916509_237187326_n.jpg)
राष्ट्रपतिको कार्यालय परिसरमा
![14184542_1776727905933911_380355659205124702_n](https://siddharthamv.edu.np/wp-content/uploads/2016/09/14184542_1776727905933911_380355659205124702_n.jpg)
जीवन साथि गोपाल चन्दका साथ् लेखा केसी
प्रस्तोता: केबी गुरुङ (विद्यालय सुचना बिभाग प्रमुख)