सिद्धार्थ मावि जिनाबाङ, ५ असोज २०७३/ “नमुना विद्यालय निर्माण अभियान” को पन्च बर्षे कार्ययोजनामा रहेको भौतिक सुधार सम्बन्धि पहिलो बर्षका कार्यक्रम अन्तर्गत एनआरएन साउदीले सहयोग स्वरूप प्रदान गरेको दुइ कोठे इ-लाइबेरी पक्कि भवन निर्माणका लागि दुवै पक्षले भवन निर्माण सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
८ बुँदे सम्झौता पत्रमा एनआरएन साउदीको तर्फबाट महासचिव तेजबहादुर थापा द्वारा हस्ताक्षर गर्नु भएको छ भने सिद्धार्थ माविको तर्फबाट अभियान संयोजक प्रेम बहादुर ओली, विव्यस अध्यक्ष तिलकराम ओली र विद्यालय प्रधानाध्यापक गोर्ख बहादुर ओली द्वारा हस्ताक्षर भएको छ ।
सम्झौताका सर्तहरु यसप्रकार रहेका छन्:-
- गैर आवासीय नेपाली संग (एनआरएन) साउदी अरबबाट प्राप्त नक्शाको आधारमा भवन निर्माण गरिने छ ।
- भवन निर्माण गर्दा भूकम्प प्रतिरोधात्मक तथा नेपाल सरकारको मापदण्ड पूर्ण रुपमा पालना हुनेछ ।
- निर्माण अबधिमा नेपाल सरकारका प्राबिधिकहरुको सुपरिवेक्षण गराउने तथा सरकारी कागजातहरुको जिम्मेवारी बिद्यालय ब्यबस्थापन समितिको हुनेछ ।
- कमसल र गुणस्तरहिन निर्माण सामग्रीहरुको प्रयोग गरिने छैन ।
- नक्शामा उल्लेखित भवन निर्माणको कुल लागत ने. रु १०,५०,०००/- अक्षेरुपी ‘दश लाख पचास हजार’ नेपाली रुपैया चार किस्तामा निकासा हुने गरि गैर आवासीय नेपाली संघ साउदी अरबले बिध्यालय ब्यबस्थापन समितिलाई उपलब्ध गराउने छ भने आबश्य जनश्रमदान जुटाई निर्माण सम्पन्न गर्ने जिम्मेवारी बिद्यालय ब्यबस्थापन समितिको हुनेछ ।
- यस संझौता पत्रमा उल्लेखित रकम बाहेक निर्माण प्रयोजनका लागि कुनै थप रकमको माग गर्न पाइने छैन ।
- संझौता पत्रमा हस्ताक्षर पश्चात निर्माण चरणको कार्यारम्भ भएको मानिने छ भने बिद्यालय ब्यबस्थापन समिति द्वारा सम्झौता पत्र हस्ताक्षर भएको मितिले अधिकतम १० महिना भित्र भवन निर्माणका सम्पूर्ण कार्यहरु सम्पन्न गर्नु पर्ने छ ।
- भवन निर्माण पश्चात बि.स. २०७४ आश्विन/कार्तिक सम्ममा गैर आवासीय नेपाली संघको बिश्व सम्मेलनताका कम्प्युटर लगायत एक्सेसोरिज सामग्री, एनआरएन साउदी अरब स्वयमले जडान सहित उद्घाटन गर्ने/गराउने छ ।
हस्ताक्षरका केहि झलकहरु :-
![picture1](https://siddharthamv.edu.np/wp-content/uploads/2016/09/Picture1.jpg)
भवन निर्माण सम्झौता पत्र
![14375426_256367398091864_1020080718_o-1](https://siddharthamv.edu.np/wp-content/uploads/2016/09/14375426_256367398091864_1020080718_o-1.jpg)
गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद बैदेशिक रोजगार तथा आप्रवासी नेपाली कल्याणकारी समितिका संयोजक श्री धरम के. सी. बाट सम्झौता पत्र बाचन गर्नु हुँदै !
![nrnr231](https://siddharthamv.edu.np/wp-content/uploads/2016/09/NRNR231.jpg)
भवन निर्माण सम्झौता पत्र आदान प्रदान हुँदै : सयोजक धर्म केसी, महासचिव तेज बहादुर थापा, बिब्यस अध्यक्ष तिलक राम ओलि !
![nrn-sudi](https://siddharthamv.edu.np/wp-content/uploads/2016/09/Nrn-sudi.jpg)
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबका महासचिव श्री तेज बहादुर थापा सम्झौता पत्रमा हस्ताक्षर गर्नु हुँदै !
मन्तब्य दिदै महासचिव तेज बहादुर थापा !
![prem-oli](https://siddharthamv.edu.np/wp-content/uploads/2016/09/Prem-oli.jpg)
नमुना विद्यालय निर्माण अभियानका संयोजक प्रेम बहादुर ओली द्वारा सम्झौता पत्रमा हस्ताक्षर गर्नु हुँदै !
![tilak-raj-oli](https://siddharthamv.edu.np/wp-content/uploads/2016/09/Tilak-raj-oli-.jpg)
विद्यालय व्यवस्थापन समिति अध्यक्ष तिलक राम ओली द्वारा सम्झौता पत्रमा हस्ताक्षर गर्दै !
![gorkha-oli](https://siddharthamv.edu.np/wp-content/uploads/2016/09/Gorkha-Oli.jpg)
विद्यालय प्रधानाध्यापक गोर्ख बहादुर ओली सम्झौता पत्रमा हस्ताक्षर गर्नु हुँदै !