सिद्दार्थ मावि घोप्टेओढार
रोल्पा जिनाबाङमा सिद्दार्थ माविले संचालन गरेको नमुना विद्यालय निर्माण अभियानले यतिबेला राष्ट्रिय रुपमा चर्चा पाएको छ । आफ्नो गाउँ आफै बनाउ भन्दै स्थानीय युवा तथा समुदायहरु देश विदेशबाट शैक्षिक नमुना अभियानमा जुटे पछी देश भरिबाट सहयोगी मनहरु जुटी रहेका छन् ।
नेपाल कै इतिहासमा पहिलो पटक महिला सभामुख भएकी ओनसरि घर्तीको गृहजिल्ला रोल्पामा आफ्नो स्कुल आफै बनाउन जुटेको खबर सभामुखले पाएपछी अभियन्तालाई शुभकामना संदेश समेत दिनु भएको छ । नमुना विद्यालय घोषणा गर्न लागेको खबरले सभामुखलाई हर्षित बनाएको उक्त शुभकामना पत्रमा उल्लेख छ । ब्यबहारिक तथा गुणस्तरीय शिक्षा आजको आवस्यकता औल्याउदै यसरि नै देश ब्यापी रुपमा नमुना विद्यालय निर्माण अभियान सबै स्कुलहरुमा पहल गर्न जरुरि भएको समेत बताउनु भएको छ ।
नमुना विद्यालय बनाउनको लागी आर्थिक पक्ष पनि महत्वपूर्ण भएको भन्दै परिवर्तन प्रेमी सम्पूर्ण समुदायलाई सहयोगको लागी सभामुखले आग्रह समेत गर्नु भएको छ ।
सभामुख ओनसरि घर्तीको शुभकामना पत्रको पूर्ण पाठ हेर्नुहोस;-