सिद्दार्थ मावि घोप्टेओढार/सुचना बिभाग
नमुना विद्यालय निर्माणको महान अभियानमा जुटेको सिद्दार्थ मा.वि. जिनाबाङ (घोप्टेओढार)ले आगामी शैक्षिकसत्र देखि अंग्रेजी माध्यामलाई थप प्रभावकारी बनाउन नर्सरी र युकेजी कक्षा संचालन गर्ने भएको छ।
हाल कक्षा एकमा अंग्रेजी माध्याम संचालन भइरहे पनि त्यति प्रभावकारी नभएको हुँदा बालबालिकाहरुको लागि थप कक्षाहरु आवस्यक महसुस गरि दुईवटा कक्षा (नर्सरी र युकेजी) संचालन गर्ने निर्णय भर्खरै सम्पन्न विव्यस र अभिभावक सहितको बैठकले पारित गरेको छ।
नर्सरी र युकेजी कक्षालाई संचालन गर्न दक्ष शिक्षकको ब्यबस्थापन, आबस्यक भौतिक संरचनाको तयारि र पाठ्य सामाग्रीका लागि आवस्यक ब्यबस्थापन पक्षलाई कसरि ब्यबस्थापन गर्ने भन्ने बिषयमा केन्द्रित रहेर देश विदेशमा रहेका स्थानीय युवा तथा अभिभावकहरु बहस तथा छलफलमा जुटेका छन्।
सामुहिक बहस र छलफल द्वारा आवस्यक ब्यबस्थापन बारे सबैको सल्लाह सुजाव तथा राय जुटाउन बहसको ढोका खुल्ला गरिएको विद्यालयले जनाएको छ। साथै नमुना शैक्षिक ब्यबस्थापनका लागि सम्बन्धित विज्ञहरु संग थप परामर्श तथा छलफल भइरहेको छ।
अहिले विद्यालयको भौतिक निर्माण कार्य जारि छ, साथै शैक्षिक सुधारलाई ब्यबस्थित गर्न पन्च बर्षे योजना अन्तर्गत शैक्षिक योजनाहरुलाई पनि लागु गर्दैछ।