[क्रम संख्या: १०९]
सिद्दार्थ माध्यमिक बिद्यालय शुचना बिभाग
आमाहरुको आर्को रुप भगवान हो। ‘भगवान’ शब्दको प्रयोग विभिन्न पर्यायवाची शब्दावलीको रुपमा गरिन्छ, त्यस्तै चिताएको कुरा पुर्याइदिने र निस्वार्थ भावनाद्वारा कसैलाई सहयोग गर्ने सारथि मनहरुलाई भगवानको स्वरूप ठान्ने चलन नै कसैप्रति गरिने अन्तिम आदर तथा सम्मानको प्रतिक हो।
त्यस्तै द्वन्द्व पिडित तथा टुहुरा, अनाथ, असाय बालबालिकाहरुको शैक्षिक सहयोगार्थ ‘सहयोग सारथि’ बनेर तिनै भगवानरुपि आमाहरुले बेल्जियमबाट विद्यालयको अक्षयकोषमा आर्थिक सहयोग गर्नु भएको छ।
“नेपालीका लागि नेपाली” भन्ने सहयोगी भावार्थ बोकेर वेल्जियममा गठित गैर आवासीय नेपाली संघको महिला बिभागमा आबद्द आमा तथा महिला दिदीबहिनीहरु (एनआरएन महिला फोरम बेल्जियम) द्वारा सिद्दार्थ माध्यमिक बिद्यालय जिनाबाङ घोप्टेओढारमा अध्यनरत टुहुरा बालबालिकाहरुको शैक्षिक सहयोग सारथि बन्नु भएको छ, दानवीर बेल्जियमका आमाहरु।
विद्यालयको सहयोग अनुरोधमा एनआरएन महिला फोरम बेल्जियमकि महिला संयोजक निर्मला बजगाईंको पहलमा नेपाली ३३ हजार ३ सय ९ सहयोग जुटेको हो।
नमुना विद्यालय निर्माण अभियान संगै द्वन्द्व पिडित तथा टुहुरा, अनाथ, असाय बालबालिकाहरुको निशुल्क आवास सहित शैक्षिक ब्यबस्थापनमा बिद्यालय अभियान परिवार जुटेको छ। उक्त अभियान थालनी भए पश्चात संसारभर रहेका विभिन्न दाताहरुबाट आर्थिक तथा भौतिक सहयोग जुटीरहेको छ।
एनआरएन साउदी द्वारा अनुदान गरिएको इ-लाइब्रेरी भवन सम्पन्न अबस्थामा रहेको छ भने एनआरएन स्विडेन द्वारा प्रदान गरिने बालबिकाश भवन निर्माण कार्य थालनी गरिएको छ।
त्यस्तै राप्ति समाज जापान द्वारा अक्षयकोष सहयोग अभियानमा सहकार्य गरिरहेको छ। विद्यालयको फिल्ड निर्माण कार्य जारीरहे पनि उक्त फिल्ड निर्माणको स्रोत (सहयोगी दाताहरु) खोजी भैरहेको भन्दै नमुना विद्यालय अभियान संयोजक प्रेम बहादुर ओलिले सहयोगका लागि दाताहरुलाइ आग्रह गर्नु भएको छ।
दिगो बिकाशको लागी गुणस्तरीय शिक्षा !
नमुना विद्यालय निर्माण अभियानका सारथि तथा अक्षयकोष अभियानमा सहभागी बन्नु भएकोमा यहाँहरुलाइ “नमुना विद्यालय अभियानता” हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्दछौ ।
दाताको नाम : गैरआवासीय नेपाली संघ महिला फोरम बेल्जियम
स्थाई ठेगाना : बेल्जियम
अस्थाई ठेगाना :
सहयोग सुल्क: रु. ३३,३०९/- (तेत्तीस हजार तीन सय नौ)
पहलकर्ता : निर्मला बजगाइ (महिला संयोजक)
जिम्मेवारी: त्यस संस्थाको संयोजक अक्षयकोष समिति पदेन सदस्य हुनेछ
पेशा: बैदेशिक रोजगार