माघ १०, जिनाबाङ्ग रोल्पा । गैर आवासीय नेपाली संघ स्विडेनको पहलमा चाइल्ड टु चाइल्ड सहयोग कार्यक्रम अन्तर्गत सिद्धार्थ मावि घोप्टेओढार गंगादेव ३ रोल्पामा द्वन्दपिडित, टुहुरा तथा अनाथ बालबालिकाहरुलाइ छात्र वृद्धि वितरण गरेको छ । एनआरएन स्विडेनका अध्यक्ष अर्जुन श्रेष्ठको प्रत्यक्ष सहभागितामा छात्र वृद्धि वितरण भएको हो ।
फाल्गुन १० गते सुक्रबार (आजै)का दिन सिद्दार्थ माध्यमिक बिद्यालयमा एक कार्यक्रमको आयोजनागरि छात्र वृद्धि वितरण भएको छ। उक्त कार्यक्रममा बिब्यस अध्यक्ष तिलक राम ओलि सभापति रहेका थिए भने प्रमुख अतिथिमा गैर आवासिय नेपाली संघ स्विडेनका अध्यक्ष अर्जुन श्रेष्ठ रहनु भएको थियो।
त्यसैगरी बिशेष अतिथिमा गंगादेव गाँउपालिका ३ का अध्यक्ष जलेश केसि रहनु भएको थियो भने अन्य अतिथीहरुमा नमूना बिद्यालय निर्माण समयोजक प्रेमबहादुर ओलि, गंगादेव गाँउपालिका कृषि साखा प्रमुख मान बहादुर डाँगी, गंगादेव गाँउपालिका आइटि अफिसर प्रेमबहादुर ओलि, खानेपानी प्युठान डिभिजन प्राबिधिक नेत्र केसि, समाज सेवि महेन्द्र श्रेष्ठ, चत्तुर देवि श्रेष्ठ लगायतका अतिथि उपस्थित हुनुहुन्थ्यो ।
कार्यक्रममा उपस्तिथित समाजसेबी महेन्द्र श्रेष्ठ र चत्तुर देवि श्रेष्ठले सिद्दार्थ माविको अक्षयकोषलाइ ५१ हजार सहयोग प्रदान गर्नु भएको थियो ।
सिद्दार्थ माविलाई नमूना वनाउन गैर आवासिय नेपाली संघका अध्यक्षले निरन्तर सहयोग गर्ने घोषणा गर्नु भएको छ भने गंगा देव गाउँपालिका ३ का अध्यक्ष जलेश केसिले उक्त बिद्यालयलाइ नमुना वनाउन कुनै कन्जुस्याइँ नगरी सरकारसंग पहल गर्ने प्रतिवद्दता दिनु भएको छ ।
कार्यक्रमलाइ शिक्षक धन बहादुर डाँगीले संचालन गरेका थिए भने स्वागत मन्तव्य प्रअ विरेन्द्र खडकाले संचालन गर्नु भएको थियो ।
बिगत डेढबर्ष देखि उक्त बिद्यालयमा अध्यनरत जेहेन्दार, द्वन्द पिडित, अपाङ्ग तथा अतिबिपन्न ५३ जना विद्यार्थीहरुलाइ स्विडेनको मासिक ५० क्रोनर रकम छात्रवृत्ति स्वरुप सहयोग पाउदै आएका छन् । गैर आबासीय नेपाली संघ स्विडेनको संयोजनमा चाइलड टु चाइलड कार्यक्रम अन्तरगत स्विडेनमा वस्ने नेपालीहरुका छोरा छोरिले आफ्नो खाजा खर्चवाट वचत गरेर मासिक स्विडेनको रु ५० क्रोनर सहयोग पठाउदै आएका हुन् ।
गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वयन परिषद स्विडेनले नमूना बिद्यालय निर्माण अभियान चलिरहेको उक्त स्कुलमा रु ७ लाख बराबरको दुई कोठे भवनमा पनि आर्थिक सहयोग गरेको थियो ।
सिद्दार्थ माविमा बिगार्ट केहि बर्ष देखि नमुना बिद्यालय निर्माण अभियान चलिरहेको छ । यसै अभियान अन्तरगत भौतिक निर्माणमा उलेख्य सुधार गर्दै आएको छ।