बिद्यालय सुचना बिभाग/सिद्दार्थ मावि जिनाबाङ
नमुना विद्यालय निर्माण अभियानमा जुटेका रोल्पा जिनाबाङ-३ का समुदायहरु सँग एनआरएन स्विडेनले पनि शैक्षिक अभियानमा हातेमालो गर्ने भएको छ। शिक्षा नै दिगो बिकाशको आधार भएको पहिचान गरि शैक्षिक व्यवस्थापन अभियानमा जुटेका रोल्पाली समुदायसंग गैरआवासीय नेपाली संघ स्विडेनले सहकार्य गर्न लागेको हो।
एनआरएन स्विडेनले दुईकोठे वालभवनका लागि ७ लाख रकम प्रदान गर्ने भएको छ। शनिवार (२१ फल्गुन २०७३) का दिन भएको भवन उद्घाटनमा एनआरएन स्विडेनका महासचिव अर्जुन श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो भने एनआरएनए एनसीसी साउदीका सदस्य भक्त वीर राई र जिल्ला शिक्षा स्रोत व्यक्ति शेर बहादुर डाँगीको बिशेष आतिथ्यता रहेको थियो। अतिथि भक्त वीर राई एनआरएन साउदी द्वारा अनुदान गरिएको इ-लाब्रेरी दुइकोठे भवन (निर्माणाधीन अबस्थामा रहेको भवन) अनुगमनका क्रममा कार्यक्रममा सहभागी हुने अबसर जुरेको थियो। त्यस्तै संयोगबस विद्यालय अनुगमनमा रहनु भएका कुमारी इश्वरि विश्व विध्यालय पोखराका वि.व्य.स. सदस्य महेन्द्र श्रेष्ठ पनि अतिथि रहनु भएको थियो।
एनआरएन साउदी द्वारा अनुदान गरिएको भवनको दोश्रोतला थपहुनेगरी एनआरएन स्विडेनको भवन शिलान्यास भएको छ। उक्त भवन निकट भबिस्यमा नै ढलान हुँदैछ र भवनको दोश्रो तलामा एनआरएन स्विडेनको सहयोग अनुदानमा भवन निर्माण हुने भएको छ।
शिलान्यास कार्यक्रममा एनआरएन स्विडेन प्रतिनिधि अर्जुन श्रेष्ठ (एनआरएन महासचिव) र बिद्यालय प्रतिनिधिहरु गोर्ख बहादुर ओली (प्रधानाध्यापक), तिलक राम ओली (विव्यस अध्यक्ष) र प्रेम बहादुर ओली (अभियान संयोजक) बीच आठ बुंदे सहयोग संझौता पत्रमा हस्ताक्षर भएको छ। उक्त हस्ताक्षर पत्रमा अनुदान गरिने भनिएको रकम ३ किस्तामा बजेट निकासी गरिने उल्लेख गरिएको छ, साथै संझौता पत्रमा भवन निर्माण सम्बन्धि आचारसंहिताहरु पनि उल्लेख गरिएको छ।
विद्यालय प्रधानाध्यापक गोर्ख बहादुर ओलीले संचालन गरेको भवन शिलान्यास कार्यक्रमको सभापति विव्यस अध्यक्ष तिलक राम ओली रहनु भएको थियो भने कार्यक्रमको स्वागत मन्तव्य विव्यस सदस्य बिष्णु खड्काले दिनु भएको थियो।
अभियान संयोजक प्रेम बहादुर ओलीले मन्तब्यको क्रममा नमुना विद्यालय अभियान बारे प्रस्ट्याउदै बिश्वभर रहेका दाताहरुलाई सहयोग गर्न आव्हान गर्नु भएको थियो।
शिलान्यास कार्यक्रमका प्रमुख अतिथि अर्जुन श्रेष्ठ र उहाँकी धर्म पत्नी सकुन्तला श्रेष्ठको २७औं वैवाहिक जिबनको उपलक्ष्यमा विद्यालयको नाममा रहेको अक्षयकोषमा नगत रु. एक लाख एक हजार एघार (रु. १,०१,१११) व्यक्तिगत सहयोग समेत प्रदानगर्नु भएको थियो। प्रमुख अतिथि अर्जुन श्रेष्ठले अक्षयकोषले दीर्घकालीन आर्थिक आधारको एतिहासिक महत्व बोकेको भन्दै सहयोग प्रदान गर्नु भएको हो। अहिले सम्म अक्षयकोषमा सहयोग गर्ने दाताहरु मध्ये सबै भन्दा धेरै सहयोग गर्ने अक्षयकोष सारथिको रुपमा अर्जुन श्रेष्ठलाई विद्यालयले भेटाएको छ।
स्थानीय आमा समुह र पुरुष लहरे समुहले कार्यक्रमको बिचमा विभिन्न साँस्कृतिक झाँकी प्रस्तुत गरेका थिए।
बालभवन शिलान्यास कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु, अन्तर बिद्यालयका शिक्षक/शिक्षिकाहरु, रेडियो रोल्पाबाट पत्रकार बिमल डाँगी र स्थानि अभिभावक तथा समुदायहरुको उपस्थिति रहेको थियो।
कार्यक्रमको अन्त्यमा अतिथिहरुलाई मायाको चिनो हस्तान्तरण गर्दै विद्यालयले सम्मान तथा विदाई कार्यक्रम पनि भएको थियो।
कार्यक्रमको केहि झलकहरु
प्रकाशित मिति २१ फाल्गुन २०७३