विद्यालय सूचना बिभाग/सिदार्थ मावि जिनाबाङ
सिद्दार्थ माध्यमिक बिद्यालय जिनाबाङको नमुना बिद्यालय निर्माण अभियान अन्तर्गत भौतिक ब्यबस्थापन कार्य जारि रहेको छ । प्रविधि युक्त शिक्षा ब्यबस्थापनका लागि भौतिक तथा आर्थिक ब्यबस्थापन पहिलो आधार भएको हुँदा, उक्त आवस्यकताको परिपूर्ति गर्न बिश्व भर रहेका सहयोगी दाताहरु सँग बिद्यालय अभियन्ता परिवारले समन्वय गरि सहयोगको आव्हान गरेको छ।
विद्यालयले गरेको सहयोग आव्हान संगै दाताहरु स्थलगत निरक्षण गर्ने क्रम पनि जारि रहेको छ ।
भौतिक तथा आर्थिक सहयोगका लागि दाताहरु स्थलगत निरक्षण गर्ने सिलसिलामा गैर आवासीय नेपाली संघ स्वीडेनले आउदो शुक्रबार फाल्गुन २१ गते बिद्यालयमा स्थलगत निरक्षण गर्ने भएको छ।
गैर आवासीय नेपाली संघ स्वीडेनका महासचिव अर्जुन कुमार श्रेष्ठको उपस्थिति हुने भएको छ भने साथमा बर्मा कुमारी इश्वरीय विश्व बिद्यालय पोखरा शाखाका बिद्यालय ब्यबस्थापन समिति सदस्य महेन्द्र श्रेष्ठ पनि उपस्थिति हुनुहुने छ।
आप्रवासीहरुको हकहितको लागि गठित गैर आवासीय नेपाली संघ स्वीडेनलाई नमुना बिद्यालय अभियानलाई सहयोगका लागि गरिएको आग्रह पश्चात एनआरएन स्वीडेनले स्थलगत निरीक्षण गर्न लागेको हो।
यसै स्थलगत निरक्षणको सन्दर्भमा स्थानीयवासी तथा बुद्दिजिबिहरु सहभागी भइदिन बिद्यालयले अनुरोध समेत गरेको छ।