बिषय : नमुना विद्यालय निर्माण अभियानलाई आर्थिक तथा भौतिक सहयोग गर्ने बारे ।
गैरआवासीय नेपाली संघ (एनआरएन) साउदी ।
आदरणीय सँस्था प्रमुख ज्यु नमस्कार ।
महोदय,
प्रस्तुत बिषय सम्बन्धमा यस श्री सिद्धार्थ माध्यामिक विद्यालय घोप्टे ओढार जिनावाङ -३ रोल्पामा वालबालिकाहरुको स्तरीय शिक्षाको ब्यबस्थापनका लागि यहि शैक्षिकसत्र २०७३ साल देखि नमुना विद्यालय निर्माण अभियान संचालन गरेको बेहोरा जानकारी गराउद छौ । विकट रोल्पा जिल्लाको सामुदायिक विद्यालयलाई नेपालकै नमुना विद्यालयमा रुपान्तरण गर्ने हाम्रो अभियानको मुख्य उदेश्य रहेको छ । नमुना अभियानलाई सफल पार्न पञ्च बर्षे कार्ययोजनाहरु (२०७३–२०७७) तय गरि बिभिन्न एजेण्डाहरुमा निर्णय गरि कार्यन्वयनमा जुटेका छौ ।
तसर्थ, नमुना विद्यालय निर्माणका लागी आर्थिक, भौतिक सहयोगको आवस्यकता पर्ने भएको हुन्दा तपाइको बिभाग/कार्यलय/संस्था तथा ब्यक्तिगत तर्फबाट आर्थिक तथा भौतिक सहयोग गरिदिनुहुन हार्दिक विनम्र अनुरोध गर्दछौ।
धन्यवाद।