संक्षिप्त जिबनी:
नाम : स्वर्गीय कुल बहादुर खत्री
बाबाको नाम : टिकाराम खत्री
आमाको नाम : भुमि खत्री
जन्म मिति : ९ कार्तिक २००९
मृत्यु मिति : २७ बैशाष २०७४
मृत्यु समय : साँझको ७:३०
स्थायी ठेगाना : जिनाबाङ ३, डाँडाखुटी, रोल्पा
श्रीमतीको नाम: मनसरा खत्री
छोराहरु : रेशम खत्री, पान्ड़प खत्री
छोरीहरु : देवकला खत्री, कमला खत्री
नातिहरु : देब राज खत्री, सुनिल खत्री, अनिल खत्री
नतिनाहरु: धुप छाया खत्री, बाल कुमारी खत्री, गीता खत्री
पनातिहरु: तुलसी दाहाल, अनुकुल ओली
पनातिनिहरु: अनु ओली, अनुसा ओली
***
बिद्यालय सेवा गरेको इतिहास
मिति २०४८ साल कार्तिक १५ गतेका दिन श्री कुल बहादुर खत्रीको अध्यक्षतामा ८ सदस्यीय विद्यालय ब्यबस्थापन समितिको गठन भएको थियो । विद्यालयको इतिहासमा दोस्रोपटक गठित वि.व्य.स.को कार्यावधि २०४८ साल कार्तिक १५ गते देखि २०४९ साल श्रावण १२ गते सम्म रहेको थियो । स्वर्गीय कुलबहादुर खत्रीको नेतृत्वमा विद्यालय व्यवस्थापन र शैक्षिक सुधारको हिसाबले गुणात्मक सफलता पाएको इतिहास छ।
मिति २०५० साल असोज २७ गतेका दिन श्री कुल बहादुर खत्रीको अध्यक्षतामा ७ सदस्यीय विद्यालय ब्यबस्थापन समितिको गठन भएको थियो । विद्यालयको इतिहासमा चौथो पटक गठित वि.व्य.स.को कार्यावधि २०५० साल असोज २७ गते देखि २०५२ साल साउन ९ गते सम्म रहेको थियो । यो इतिहास देखि विद्यालयको शैक्षिक तथा अन्य विभिन्न सांस्कृतिक गतिविधिमा व्यापकता पाएको थियो। जिल्ला स्तरमा भएको निर्त्य प्रतियोगितामा उत्कृस्ट प्रदर्शन गरेको इतिहास छ ।
मिति २०५५ साल भदौ १८ गतेका दिन श्री कुल बहादुर खत्रीको अध्यक्षतामा ७ सदस्यीय विद्यालय ब्यबस्थापन समितिको गठन भएको थियो । विद्यालयको इतिहासमा छैटौ पटक गठित वि.व्य.स.को कार्यावधि २०५५ साल भदौ १८ गते देखि २०५९ साल जेठ १९ गते सम्म रहेको थियो । हाल सम्मको ब्यबस्थापन समितिको इतिहासमा कुल बहादुर खत्री ज्युले सबै भन्दा लामो समय अध्यक्ष पदमा जिम्मेवारी पद सम्हाल्नु भएको थियो ।
- नमुना विद्यालय निर्माण अभियान सल्लाहकार
नमुना विद्यालय निर्माण अभियान २०७३ जेठ २८ गते देखि विधिवत ढंगबाट उद्घाटन भएको हो। उक्त अभियानको सल्लाहकारको रुपमा सक्रिय भुमिका निर्बाह गर्दै आउनु भएको स्वर्गीय कुल बहादुर खत्री सामुदायिक सिद्दार्थ माबीको ब्यबस्थापकीय इतिहासमा कुसल अभिभावक भएको स्मृतिको पानामा युग देखि युगसम्म बाँची जीवित इतिहास रचना गर्नु भएको छ। यहाँको यो शैक्षिक देनलाई समाज र नयाँ पिडिले कहिलै भुल्न सक्ने छैनन्।
नीतिक/सामाजिक सेवा गरेको इतिहास
राजनैतिक इतिहास छिट्टै अपडेटः गर्ने छौ………………