[क्रम संख्या: ०१]
दिगो बिकाशका लागी शिक्षा नै पहिलो शर्त हो । हरेक अभिभावकहरुले सन्तानहरुका लागी मात्र नभएर समाजमा रहेका बालबालिकाहरुको लागी स्तरीय र व्यवस्थित शिक्षाको ब्यबस्थापन गर्नु २१औं शताब्दीका अभिभावकहरुको बिकशित चेतना हो ।
शहर पसेर स्तरीय महगो शिक्षा दिलाउनु आर्थिक हिसाबले सबै पूर्ण हुँदैनौ, हाम्रो कारणले शहरको जनसंख्या वृद्धि हुँदा वातावरणलाई प्रदूषण बनाउन पनि हुदैन, त्यसैले बिकेन्द्रिकृत विकाशमा गाउकै सामुदायिक विद्यालयलाइ ब्यबस्थित गरि स्तरीय शिक्षा दिलाउनु हाम्रो कर्तब्य हो।
नमुना विद्यालय निर्माण अभियानको हिस्सेदार बन्दै अक्षकोषमा ७५,००० (पचहत्तर हजार) दिने घोषणा गर्दछु । – केबी गुरुङ (सिद्दार्थ मावि सुचना बिभाग प्रमुख)
नमुना विद्यालय निर्माण अभियानका सारथि तथा अक्षयकोष समिती सदस्यमा सहभागी बन्नु भएकोमा यहाँलाइ “नमुना विद्यालय अभियानता” हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्दछौ ।
नाम : केबी गुरुङ
स्थाई ठेगाना : जिनावाङ -३,घोप्टेओढार
अस्थाई ठेगाना : हाल युएई
सहयोग सुल्क: रु. ७५,०००/- (पचहत्तर हजार)
अभियानको जिम्मेवारी: विद्यालय सुचना विभाग प्रमुख
पेशा: बैदेशिक रोजगार