[क्रम संख्या: १८]
दिगो बिकाशको लागी शिक्षा नै महत्वपूर्ण आवस्यकता हो ! अरुको बाटो धेरै हेर्यौं, अरुले गरेन भनेर धेरै गाली गर्यौं ,मनमा दृढ इच्छा शक्ति हुने हो भने केही काम त हामी आफैंले पनि गर्न सक्थ्यौं कि !! थालनी त गरौंन ! नहुनुको नियति त हामीले भोगेकै छौं प्रयास गर्दा केही त पक्कै हुन्छ !! जसरी अहिले रोल्पाको घोप्टे ओढारमा रहेको सिद्धार्थ मा. बि. लाई नमुना बिद्यालय बनाउन केही कृयाशील युवाहरुले अभियान शुरु गरेका छन् र सफलताको धेरै नजिक पुगेका छन् ! प्रयासको उदाहरण, इच्छा शक्तिको नतिजा, परिश्रमबाट मिल्ने सफलता खोज्न आँखा ठूला पारेर पर हेर्नै पर्दैन, हाम्रै कुना कन्दरामा भेटिन्छन् । एकता, भाइचारा, सद्भाव, समर्पण, आकांक्षा, दृढता, निरंतरता, पारदर्शिता, लगनशीलता सबैथोक भेटिन्छ घोप्टे ओढारको अभियानमा । आउनुस् अब सिद्धार्थ मा. बि. बनाउँ अनि तपाईंको गाउँमा पनि के बनाउनु पर्नेछ सबै मिलेर बनाउँला !
“भन्छन् नि सधैं अँध्यारोलाई सरापेर बस्नु भन्दा टुकी सल्काउनु बेस !!” – जे. सागर (एनआरएन अलएन क्षेत्रीय समिति युएईका सचिव)
दिगो बिकाशको लागी गुणस्तरीय शिक्षा !
नमुना विद्यालय निर्माण अभियानका सारथि तथा अक्षयकोष समिती सदस्यमा सहभागी बन्नु भएकोमा यहाँलाइ “नमुना विद्यालय अभियानता” हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्दछौ ।
नाम : जे. सागर
स्थाई ठेगाना : बतासे -३, सिन्धुपाल्चोक
अस्थाई ठेगाना : हाल युएई
सहयोग सुल्क: रु. १०,०००/- (दश हजार)
अभियानको जिम्मेवारी: अक्षयकोष समिति सदस्य
पेशा: बैदेशिक रोजगार