सरकारले विक्रम संवत् २०७३ सालको सार्वजनिक विदाको सूची सार्वजनिक गरेको छ । निकै ढिला गरेर विदाको सूची बनाएका कारण नयाँ वर्षका धेरै पात्रोहरुमा समेत सार्वजनिक विदा समावेश भएको छैन ।
यसले सार्वजनिक गरेको विदा सूची अनुसार सबैलाई र कुनै क्षेत्र वा समुदायलाई गरेर कुल ५१ दिन सार्वजनिक विदा परेको छ । जसमध्ये १० दिन शनिबार परेको छ ।सरकारले वैशाख ११ को लोकतन्त्र दिवसको विदा कटौती गरेको छ भने संविधान दिवसमा विदा दिएको छ । यस्तै यसअघि क्रिसमस डेमा सबैलाई विदा दिन गरेकोमा अब इशाई धर्मावलम्बी सरकारी कर्मचारीलाई मात्र विदा दिइने भएको छ ।
स्रोत अनलाइन खबर