[क्रम संख्या: १४८]
“म विदेशी भुमीमा भएता पनि नेपालमा रहेका बालबालिकाहरुले आर्थिक अभावका कारण शिक्षा, स्वास्थ्य जस्ता आधारभुत मौलिक अधिकारबाट बञ्चित हुन नपरोस । मेरो सानो सहयोगका कारण तिनै बालबालिकाहरुको भविष्य उज्वल हुन्छ भने मैले किन सहयोग नगर्ने ? उनीहरुको खुशी र सन्तुष्टि नै मेरो खुशी अनि सन्तुष्टि हो” । – सिके पराजुली
भगवानले सबैलाई धन र मन दुवै विरलै दिएका हुन्छन् । कोही सँग प्रशस्त धन हुन्छ भने खुल्ला हृदयको मन हुँदैन, कोही सँग खुल्ला हृदयको विशाल मन हुन्छ भने र्दुभाग्य धन हुँदैन र कोही सँग धन पनि हुँदैन र मन पनि । तर संसारमा कोही त्यस्ता व्यक्ति पनि छन् जोसँग सामान्य खालको धन भएता पनि विशाल मन छ ।
हो उनै मध्येका एक मनकारी समाजसेवी व्यक्तिको पवित्र नाम हो ‘सिके पराजुली’ ।
हाल अमेरीकाको एटलान्टा सहरमा स–परिवार बस्दै आउनु भएका सिके पराजुलीको जन्म कास्की जिल्लाको चापाकोट पामेमा एक साधारण परिवारमा भएको हो । सानै देखी सामाजिक क्षेत्रमा रुची राख्ने उहाँ अमेरीका प्रवेश गरे पछि पनि नेपालका विभिन्न ठाउँमा विभिन्न शिर्षकमा विशेष गरी आर्थिक अभाव भएका शिक्षा स्वास्थ्य बाट बञ्चित भएका बालबालिका तथा अन्य साधारण व्यक्तिहरुलाई आर्थिक सहयोग गर्दै आईराख्नु भएको छ ।
नेपालमा उहाँले गरेका सहयोगको कुनै गणना गरी साध्यपनि छैन र गणना गरेर पनि सकिदैन । सिद्दार्थ माध्यमिक विद्यालयमा अध्यनरत अपाङ्ग गरिब र जेहन्दार विद्यार्थीको अक्षयकोष लागि रु. २९ हजार ६६ सहयोग प्रदान गर्नु भएको छ।
सिके पराजुलीको समाजसेवा प्रतिको जिम्मेवारी
Nepalese Association of Georgia (NAG) Founder तथा पुर्व अध्यक्ष गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरीका (NRNA NCC-USA) अन्तरगत नेपाली व्यापार तथा पर्यटन प्रबद्र्धन समितिको सह अध्यक्ष ।
अमेरिकामा पर्तिस्ठित् नेपाली संस्थाहरु Nepalese association of Georgia (NAG), Nepalese association of south east in America (NASEA), Association of Nepalese in America (ANA ) सल्लाहकार ।
दिगो बिकाशको लागी गुणस्तरीय शिक्षा !
नमुना विद्यालय निर्माण अभियानका सारथि तथा अक्षयकोष समिती सदस्यमा सहभागी बन्नु भएकोमा यहाँलाइ “नमुना विद्यालय अभियानता” हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्दछौ ।
सहयोगीको नाम : सिके पराजुली
स्थायी ठेगाना : कास्की जिल्लाको चापाकोट पामे
अस्थायी ठेगाना : एटलान्टा, अमेरीका
सहयोग शुल्क: रु. २९,०६६/- (उन्तिस हजार छैसट्टी)
पहलकर्ता (मार्फत) : प्रेम बहादुर वली
अभियानको जिम्मेवारी: अक्षयकोष सारथी
पेशा: बैदेशिक रोजगार