सिद्दार्थ मावि घोप्टेओढार/ ‘सम्वद्र्धन बालअधिकारको, कार्यान्वयन संविधानको’ भन्ने मूल नाराका साथ आज राष्ट्रिय बाल दिवस सिद्दार्थ माबी घोप्टेओढारमा उत्साहाका साथ् सम्पन्न भएको छ । उक्त दिवसको अवसरमा विद्यालयले विद्यार्थीहरुको सहभागीतामा बाल दिवश कार्यक्रमको आयोजना गरेको थियो । बाल दिवशमा विद्यार्थीहरु बीच हाजिरीजवाफ, भलिबल र तातोआलु प्रतियोगिता सम्पन्न भएको छ ।
कार्यक्रम तथा प्रतियोगिताहरु यस प्रकार रहेका थिए:-
पुरुष भलीबल प्रतियोगिता (४ सदनमा विभाजन गरि प्रतिस्पर्धा गराइएको थियो)
- लुम्बिनी सदन – प्रथम
- बाग्यश्वरी सदन – दोस्रो
- स्वर्गद्वारी सदन – तेस्रो
- जलजला सदन – चौथो
हाजिरीजवाफ प्रतियोगिता:
प्रावि तहमा ४ सदनमा विभाजन गरि प्रतिस्पर्धा गराइएको थियो।
- गोदावरी सदन – प्रथम
- सयपत्री सदन – दोस्रो
- मखमली सदन – तेस्रो
- लालीगुराँस सदन – चौथो
निमावी/मावि तहमा ४ सदनमा विभाजन गरि प्रतिस्पर्धा गराइएको थियो।
- जलजला सदन – प्रथम
- स्वर्गद्वारी सदन – दोस्रो
- लुम्बिनी सदन – तेस्रो
- बाग्यश्वरी सदन – चौथो
तातोआलु प्रतियोगिता:
कक्षा १ देखि कक्षा ५ सम्मका छात्र/छात्रा समुह बीच तातोआलु क्रियाकलाप प्रतिस्पर्धा गराइएको थियो।
छात्र समुह
- दिपक घर्ति (कक्षा -५) – प्रथम
- अनिल केसी (कक्षा -५) – दोस्रो
- बगुल गिरि (कक्षा -५) – तेस्रो
छात्रा समुह
- सपना घर्ति (कक्षा -४) – प्रथम
- दिपा घर्ति (कक्षा -४) – दोश्रो
- प्रतिक्षा ओली (कक्षा ३) – तेस्रो
सम्पूर्ण विजयी प्रतियोगिहरुलाई श्रेणी अनुसार पुरस्कार वितरणका साथै रातो अविर ल्यापन भएको थियो।
रिपोर्टर : शिक्षक ललित कुमार घर्ति
२०७३ भदौ ३० गते ८:५४ मा प्रकाशित