सिद्दार्थ मावि घोप्टेओढार/सूचना बिभाग
१३ माघ २०७३- सिद्दार्थ माध्यमिक विद्यालय घोप्टेओढार जिनाबाङ रोल्पामा नमुना विद्यालय अभियान अन्तर्गत भौतिक निर्माण कार्यले तिब्रगति लिइरहेको छ । भौतिक सुधार अन्तर्गत दुइकोठे पक्कि भवन र फिल्ड निर्माण कार्यमा स्थानीयवासीहरु जुटिरहेका छन् ।
दुइकोठे पक्कि भवन गैरआवासीय नेपाली संघ साउदी द्वारा अनुदान गरिएको हो । उक्त भवनको लागि १० लाख ५० हजार रकम एनआरएन साउदीबाट उपलब्ध भएको हो र स्थानीयवासीहरुले भवन निर्माणमा थप श्रम अनुदान गरिरहेका छन् । हाल भवनको पिलरहरु निर्माण कार्य भैरहेको छ ।
![16295649_231699730623208_906317348_n](https://siddharthamv.edu.np/wp-content/uploads/2017/01/16295649_231699730623208_906317348_n.jpg)
एनआरएनए साउदी द्वारा अनुदान भवन निर्माण हुँदै !
नमुना विद्यालयको भौतिक सुधारलाई सहज बनाउन सबभन्दा पहिले फिल्ड ब्यबस्थापनको आबस्यकता भएको हुँदा विद्यालयको दक्षिण पट्टिवाट फिल्ड निर्माण कार्य भइरहेको छ ।
![16343770_233724027087445_396115751_n](https://siddharthamv.edu.np/wp-content/uploads/2017/01/16343770_233724027087445_396115751_n.jpg)
फिल्ड निर्माण कार्यजारि !
देशविदेशमा बस्नुहुने विभिन्न दाताहरु द्वारा फिल्ड निर्माणको लागि सहयोगको प्रतिबद्धता आइरहेको अभियानका संयोजक प्रेम बहादुर ओलीले जनाउनु भएको छ । विद्यालयलाइ घेरवार अति आवस्यकता भएको हुँदा त्यसको सहयोगको लागि पनि दाताहरुको आबस्यकता रहेको हुँदा बिद्यालयले सहयोगका लागि आह्वान समेत गरेको छ ।
![16295294_231701990622982_248451985_n](https://siddharthamv.edu.np/wp-content/uploads/2017/01/16295294_231701990622982_248451985_n.jpg)
बिद्यालयको दक्षिण तिरको फिल्ड निर्माण हुँदै गरेको भूभाग
कुल १४,३२० बर्ग मिटर रहेको बिद्यालयको क्षेत्रफल भित्र १० हजार बर्ग मिटरको फिल्ड हुनेछ । विद्यालयको प्राङ्गणमा परापूर्वकालदेखि धार्मिकस्थल भएको हुँदा उक्त प्राकृतिक टापुलाई संरक्षण हुनेगरि फिल्ड निर्माण भइरहेको छ । प्राकृतिक सुन्दर टापु धार्मिकस्थलमा स्थानीयवासीहरुले सिद्द्को पुजाआजा गर्दै आइरहेका छन् ।
धार्मिकस्थल मानिएको विद्यालयको प्राङ्गणमा रहेको टापुलाई भबिस्यमा पिरामिड आकारको “भिउ टावर” को रुपमा बिकसित गर्ने बिद्यालय ब्यबस्थापन समितिले जनाएकोछ ।
भौतिक निर्माण कार्यमा बिद्यालय ब्यबस्थापन समिति र स्थानीय समुदायहरु घनिभूतढंगले जुटिरहेका छन् ।
हेर्नुहोस तस्बिरहरु (फोटो शिक्षक दिपक गिरी)