[क्रम संख्या: १२५]
“हो, आमाबाबा गुमाएकाहरु टुहुरा हुन् तर कसैबाट आमाबाबाकै सेवा मिल्छ भने ति टुहुरा हुदैनन्”
हामी यस्तै टुहुरा बिहिन समाज निर्माण अभियानमा छौ। हरेकखाले घटनाले निम्त्याउने टुहुराहरुको जिन्दगिमा भगवानरुपी आमाहरु भेटाउने महाअभियानमा जुटेका छौ। यो अभियान भलै नयाँ भने होइन। टुहुरो बिहिन समाज निर्माणमा जुटेका आमाहरुको प्रेरणाले अभियानमा जुट्न प्रेरित गरेको हो।
आधा आकाश, आधा धर्ति ओगटेका आमाहरु सुन्दर संसारका सृष्टिकर्ता हुन्। तिनै सुन्दर संसारको रचयिता आमाको आशिर्वादले चिताएको कार्य पुराहुनुको पछाडी आमाको ममतामयी हातहरु प्रत्यक्ष जोडिएका हुन्छन।
घर संसार देखि सामाजिक संसारमा एउटी आमाको असल भूमिकाले धेरै फरक पार्दछ। सामाजिक उत्तरदाइत्व बोकेका हरेक महाअभियानको पाइलै पिच्छे चियोगर्दै टेकेसोको सहारा बन्दै गन्तव्यमा पुर्याउने आमाहरु नै हुन्, उनैको आशिर्बाद नै हो।
यिनै महान आमाहरुको ‘आशिर्बाद र सहयोग’ आज हाम्रो सामुदायिक बिद्यालयका द्वन्द पिडित तथा टुहुरा, अनाथ, असाय बालबालिकाहरुका लागि शौभाग्यशालि बनेको छ। विविध कारणबस आमाबाबा गुमाउने सन्तानहरुका महान आमा बन्दै, बेल्जियममा बस्दै आउनु भएका हृदयवान नेपाली आमाहरुबाट सहयोग जुटी रहेको छ।
सामाजिक उत्थानका लागि संगठित प्रगतिशील महिला मन्च बेल्जियम द्वारा विद्यालयको अक्षयकोषका लागि एक लाख नौ हजार चौतिस रुपैया (रु. १,०९,०३४) संस्थागत सहयोग प्राप्त भएको छ। प्रगतिशील महिला मन्च बेल्जियम द्वारा मे महिला दिवश, बार्बिक्यु तथा मासिक लेबीबाट जम्मा भएको रकम विद्यालयको अक्षयकोषका लागि प्रदान गरेको मन्चकि अध्यक्ष शुष्मा भुसालले बिद्यालय अभियान्तालाई बताउनु भयो।
बेज्लियममा रहेका आमाहरु प्रायः रोजगारीमा व्यस्तता हुनेगर्छन र साताको छुट्टीमा सामाजिक कार्यमा पनि जुट्ने गर्छन। आफ्नो व्यस्त समयलाई कटौती गरि विभिन्न कार्यक्रमबाट बिद्यालयका द्वन्द्व पिडित तथा टुहुरा अनाथ असाय बालबालिकाहरुको लागि सहयोग रकम जुटाउन प्रगतिशील मन्चका आमाहरुको पहल भएको थियो।
यसरि नै शैक्षिक सहयोगका लागि केहि समय पहिले एनआरएन महिला फोरम बेल्जियमका आमाहरु द्वारा पनि सहयोग रकम प्राप्त भएको थियो।
आमाहरुको मन नै यस्तै दयालु हुन्छ, एकगाँस आफुले खाँदा आर्को मनले टुहुराहरुलाई सम्झिने आमाहरुको परिभाषा बन्यो। उनीहरुको यहि गुण आज रोल्पाको बिकट बस्तीका बेसहारा बालबालिकाहरुको लागि सहयोगी साधन बन्दै छ।
नमुना बिद्यालयल निर्माण अन्तगर्त त्यस बिद्यालयमा अध्यनरत ३१ जना टुहुरा बालबालिकाहरुको निशुल्क आबास सहित प्राविधिक शिक्षा ब्यबस्थापनमा बिद्यालय जुटिरहेको बेला तिनै अनाथ टुहुराका लागि सहयोगको झोली थाप्दा उत्साहित भएर आमाहरुले सहयोग गर्नु भएको हो।
साँच्चै हो, आमाहरुको मन कहिलै कुण्ठित हुदैन। के पराई, के आफन्त उनका लागि सबै सम्मान हुन्छन, जुन आमाहरुको कोमल ह्रिदयबाट जागृतिहुने स्वार्थहिन सहयोगी भावना हो। त्यसैले त उनीहरु आमा हुन्, जस्लाई भगवानको दोश्रोरुप मानिन्छ।
नमुना विद्यालय अभियान्ता, बिद्यालय ब्यबस्थापन समिति र बिद्यालय परिवार रोल्पाको पश्चिम दुर्गम स्कुलमा नमुना विद्यालय बनाउने अभियानमा २०७३ देखि जुटेको छ। यहि अभियान अन्तर्गत टुहुरा बालबालिकाहरुलाई पहिलो प्राथमिकतामा राखी स्कुलमै निशुल्क आवास सहित पढ्ने ब्यबस्था मिलाउन जुटेको छ। हाल १६ कोठे आवासीय भवनको आबस्यकता भएको हुँदा विभिन्न संघ संस्थाहरु संग सहयोगका लागि हातेमालो गर्न आग्रह गरेका छौ। पक्कि भवन बनाउदा धेरै खर्च लाग्ने भएको हुँदा बिभिन्न समाजसेवी संघसंस्थाहरुले हामी संग सहकार्य गर्ने आशा लिएका छौ र केहि संस्थाहरु हातेमालो गर्ने आशा व्यक्त गरेका छन्, भने केहि अझै जुटाउनु पर्ने भएको छ। आशा छ यस्तै सहयोगी हातहरु जुटे असम्भवलाइ सम्भवमा बदल्ने छौ।
अक्षयकोषका लागि उठेको सम्पूर्ण रकम अजम्बरी हुनेछ, युग देखि युग सम्म इतिहासमा जीवित रही रहनेछ।
शको लागी गुणस्तरीय शिक्षा अभियानका संस्थागत सारथि प्रगतिशील महिला मन्च बेल्जियम” नमुना विद्यालय निर्माण अभियानको सारथि तथा अक्षयकोषमा सहभागी बन्नु भएकोमा यहाँलाइ “नमुना विद्यालय अभियानता” हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्दछौ ।
दाताको नाम : प्रगतिशील महिला मन्च बेल्जियम
स्थाई ठेगाना : बेल्जियम
अस्थाई ठेगाना :
सहयोग सुल्क: रु. १,०९,०३४/- (एक लाख नौ हजार चौतिस)
पहलकर्ता : शुष्मा भुसाल(अध्यक्ष), सुसिला खतिवडा(महसचिव) तथा सम्पूर्ण पदाधिकारीहरु
जिम्मेवारी: त्यस संस्थाको संयोजक/अध्यक्ष स्वतः अक्षयकोष समिति पदेन सदस्य हुनेछ
पेशा: बैदेशिक रोजगार
प्रगतिशील महिला मन्च बेल्जियमका सहयोगी दाताहरु | |||
क्र. सं. | व्यक्तिको नाम | सहयोग रकम | कैफियत |
१ | शुष्मा भुसाल | ५० युरो | प्रगतिशील महिला मन्च अध्यक्ष |
२ | सुसिला खतिवडा | ४० युरो | प्रगतिशील महिला मन्च महासचिव |
३ | सिता दाहाल | १०० युरो | |
४ | सावित्री भारती | २५ युरो | |
५ | निर्मला बजगाईं | १५ युरो | |
६ | असली घिसिंग | १५ युरो | |
७ | सरस्वती सुबेधि | १० युरो | |
८ | रश्मि न्यौपाने | १० युरो | |
९ | डिना रेग्मी | १० युरो | |
१० | सिता कुवर | १० युरो | |
११ | सकुन्तला घिमिरे | १० युरो | |
१२ | कमला सुबेधि | १० युरो | |
१३ | सदिक्षा भुसाल | ५० युरो | शुष्मा भुसालकि छोरी |
१४ | समिक्षा भुसाल | ५० युरो | शुष्मा भुसालकि छोरी |
१५ | आरक्षा भुसाल | ५० युरो | शुष्मा भुसालकि छोरी |
१६ | प्रतीक्षा भुसाल | ५० युरो | शुष्मा भुसालकि छोरी |
१७ | मनसुवा परिवार | २० युरो | |
१८ | लक्ष्मी पाण्डे | १५ युरो | |
१९ | आङ्माया लामा | २० युरो | |
२० | दुर्गा पुरी | २० युरो | |
२१ | प्रकाश पोख्रेल | २० युरो | |
२२ | माया पाठक | १० युरो | सयुक्त नेपाली मोर्चा युरोप अध्यक्ष (सुरेन्द्र भुसाल) |
२३ | सुरेन्द्र भुसाल | ५० युरो | |
२४ | बार्बिक्यु (BBQ) कार्यक्रमबाट | २६५ युरो | |
२५ | महिला मन्चको लेबीबाट | ८० युरो | |
२६ | स्वोयता बानियाँ | १० युरो | |
२७
२८ |
सम्झना थापा
लक्ष्मी पौडेल |
२० युरो
१० युरो |