४ मंसिर २०७३/सिदार्थ मावि सूचना विभाग,
जिल्ला शिक्षा कार्यलयको शैक्षिक सुधार बर्ष अभियान अन्तर्गत सिद्दार्थ मावि घोप्टेओढारमा अन्तरक्रिया कार्यक्रम मंसिर २ गते सम्पन भएको छ । रोल्पा जिल्ला शिक्षा अधिकारी श्री चिरन्जीवी पौडेल र रोल्पा जिल्ला शाखा अधिकृत मोहन दाहालको उपस्थितिमा नमुना विद्यालय निर्माण बिषयक छलफल तथा अन्तरक्रिया भएको अभियान संयोजक प्रेम बहादुर ओलीले जनाउ दिनु भएको छ ।
रोल्पा जिल्ला शैक्षिक सुधार वर्ष अभियानमा जिल्ला शिक्षा अधिकारि श्री चिरन्जीवी पौडेल जिल्लाका सम्पूर्ण विद्यालयमा अनुगमन गर्ने काम चलिरहेको छ ।
रोल्पा जिल्ला भरि संचालन गरिएको शैक्षिक सुधार बर्ष अभियान अन्तर्गत जिल्लाको पश्चिम क्षेत्रमा रहेका सम्पूर्ण बिद्यालयहरु अनुगमन गर्नुका साथै शैक्षिक सुधार बिषयमा छलफलमा रहेको जिल्ला शिक्षा अधिकारि पौडेलले बताउनु भयो ।
सिदार्थ माविको अन्तरक्रिया कार्यक्रममा मन्तब्य दिदै जिशिअ चिरिन्जीबी पौडेलले भन्नु भएको थियो “नमुना विद्यालय निर्माणकोलागी उचित भौगोलिक आधार हुनुका साथै स्थानीय समुदाय र शिक्षक विद्यार्थीको सम्मान भूमिकाबाट मात्र नमुना विद्यालय सम्भब छ, त्यस हिसाबले सिद्दार्थ मावि घोप्टेओढारमा राम्रो तालमेल रहेको भेटियो, यस कार्यमा सहयोगको लागी जिल्ला शिक्षा कार्यलय संधै साथमा रह्ने छ” अभियान प्रति उत्साहित हुँदै भन्नु भयो।
राज्यले नमुना विद्यालय निर्माणको कदल थाल्नु भन्दा एक कदम अगाडी रहेर नमुना बिद्यालय अभियानमा जुटेको कार्य प्रति सहानुभूति प्रकट गर्दै उक्त कार्य जिल्लाले मात्र होइन राष्ट्रिय स्तरमा यस बिद्यालयबाट पाठ सिक्नु पर्ने पौडेलले बताउनु भएको छ । यो थालनी अत्यन्त राम्रो भएको छ तर अझै सुधार गर्न धेरै छ र अब नमुना परिणाम चाहिएको बताउदै स्थानीय अभिभावक तथा समुदायलाई अभियानमा प्रतिबद्ध हुन् अनुरोध समेत गर्नु भएको थियो । सबै अभियन्ताहरुलाई सफलताको शुभकामना पनि दिनु भएको थियो ।
सम्बोधनकै क्रममा जिल्ला शाखा अधिकृत श्री मोहन दाहालले आजको आबस्यकता अनुसार विद्यालयले सहि कदम उठाएको र सबै विद्यालयहरु यस्तै नमुना कार्यका लागी जुट्नु आजको आबस्यकता औल्याउनु भएको थियो ।
कार्यक्रममा सधैं नजिकबाट आबद्ध भइरहनु हुने स्रोत व्यक्ति श्री शेर बहादुर डाँगीले आबस्यक सहयोगका लागी सधैं कठिबद्द भै रहने बताउनु भएको थियो ।
अन्तरक्रिया कार्यक्रमको संचालन गोर्ख ओली र सहशिक्षक तेजेन्द्र गिरिले गर्नु भएको थियो भने विव्यस अध्यक्ष्य तिलक राम ओलीको सभापति रहेको थियो । साथै स्थानीयवासीहरुले झाँकी प्रस्तुत गरि उपस्थित अतिथिहरुलाई स्वागत गरेका थिए ।