मंसिर १ २०७३/ सुचना बिभाग
श्री सिद्धार्थ मा.वि. घोप्टेओढारको प्राङ्गणमा विहिबार (२ मंसिर २०७३) मा नमुना विद्यालय निर्माणार्थ अन्तरक्रिया कार्यक्रम हुने भएको छ । उक्त अन्तरक्रिया कार्यक्रममा रोल्पा जिल्ला शिक्षा अधिकारी श्री चिरञ्जीवी पौडेल, साखा अधिकृत श्री मोहन दहाल र श्रोत व्यक्ति श्री शेरवहादुर डाँगिको गरिमामय उपस्थिति हुनेछ ।
स्थानीय स्तरका समुदाय तथा बुद्दिजिबिहरु र शिक्षक, विद्यार्थीहरु बीच अन्तर्क्रिया कार्यक्रम हुने भएको छ । नमुना विद्यालय ब्यबस्थापनको भौगोलिक समीक्षा, शैक्षिक सुधारका लागि शिक्षक र बिद्यार्थी बीचको सम्बन्ध, नमुना बिद्याल निर्माणमा समुदायको भूमिका बारे बिशेष छलफल हुने संयोजक प्रेम बहादुर ओलीले बताउनु भएको छ ।
छलफल कार्यक्रममा उपस्थितिको लागि स्थानीय समुदायलाई उपस्थितिको लागि अनुरोध समेत गरिएको छ । कार्यक्रम बिहान १० बजे देखि हुने बिद्यालय ब्यबस्थापन समितिले जनाएको छ ।
जिल्ला शिक्षा अधिकारि सहितको टोलि रोल्पा जिल्लाको पश्चिम भूभागमा रहेका बिद्यालयहरु निरक्षण तथा अनुगमनका लागि भ्रमणमा रहेको अबसरमा सिद्दार्थ मावि घोप्टेओढारले नमुना विद्यालय बिशेष अन्तर्क्रिया कार्यक्रममा आयोजन गर्न लागेको छ ।