सिद्दार्थ मावि घोप्टेओढार/ ‘सम्वद्र्धन बालअधिकारको, कार्यान्वयन संविधानको’ भन्ने मूल नाराका साथ आज राष्ट्रिय बाल दिवस मनाइदैछ । नेपालले बालअधिकार सम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिता जस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिवद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।
यसै दिवसको अवसरमा सिद्धार्थ माबि घोप्टेओढार जिनाबाङ रोल्पाले विद्यार्थीहरुको सहभागीतामा बाल दिवश कार्यक्रमको आयोजना गरिएको छ । उक्त दिवशमा विद्यार्थीहरु बीच हाजिरीजवाफ र भलिबल प्रतियोगिताका साथै लोक निर्त्य हुनेछ ।
२०७३ भदौ २९ गते ८:५४ मा प्रकाशित