रोल्पा जिनाबाङ/ २३ भाद्र २०७३, बिहिवार, -५०अाैं विश्व साक्षरता दिवसको उपलक्ष्यमा सिद्दार्थ माध्यामिक विद्यालय घोप्टेओढार जिनाबाङमा आज धुमधामका साथ दिवश मनाइदैछ ।
उक्त साक्षरता दिवशमा “समृदि राष्ट्र निर्माणका लागि जिवन उपयोगी शिक्षामा लगानी” भन्ने ३७ औं शिक्षा दिवसको राष्ट्रिय नारा लिएर विद्यालयले उत्सब मनाउदै छ । स्कुलको झन्डा, राष्ट्रिय झन्डा र विभिन्न बाजागाजाका साथ् स्कुल परिक्रमा गर्ने र बिद्यार्थीहरु बीच बक्तित्वकला प्रतियोगिता गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रममा विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष डब्बल बहादुर घर्तिको प्रमुख आतिथ्यमा अन्य अभिभावकहरुको सहभागिता हुनेछ ।
अन्तर्राष्ट्रिय शिक्षा दिवसको अबसर पारी शिक्षालाई स्तरीय र ब्यबस्थित बनाउने प्रतिष्ठित व्यक्तिहरुलाई जिल्ला शिक्षा कार्यालयले सम्मान पत्र वितरण गर्दै छ । यस अन्तर्गत नमुना विद्यालय निर्माण अभियानका विद्यालय ब्यबस्थापन समिति अध्यक्ष तिलक राम ओली सदरमुकाम लिवाङमा आज सम्मानित हुने खबर छ ।
आजको विश्व साक्षर दिवश भव्यताका सफल पारौ ।