पृष्ठभुमि
श्री सिद्दार्थ माध्यमिक विद्यालय घोप्टे ओढार २०४५ साल जेष्ठ १३ गते स्थापना भएको थियो । पंचायत देखि बहुदलीय ब्यबस्था हुँदै राजतन्त्रको अन्त्य र गणतन्त्र नेपालमा आउदा समेत उक्तक्षेत्र बिकाशका हरेक दृष्टिकोणले पिछडीदै आएको क्षेत्र हो । सामुदायिक विद्यालय प्रति राज्यको उदासीनता र यहाँका समुदायको न्यून आयस्रोतको कारण हरेक काल खण्डमा विद्यालय ब्यबस्थापनको लागी आर्थिक समस्या खेप्दै आइरहेको इतिहास छ ।
२०५४ सालमा निमावि बनाउने योजनाका साथ् स्थानीय समुदायहरुवाट रकम जम्मा गरि नेपाल बैंक लिमिटेड रोल्पामा ५०,००० धरौटी राखेर निमावि स्वीकृति ल्याई संचालनमा ल्याएको हो । २०६८ साल देखि हाल सम्म निजिस्रोतबाट मावितहको अध्यन अध्यापन भैरहेको छ । विद्यालयमा प्राथामिक तह ४ दरबन्दी १ राहत, निमावीतहमा ३ राहत र अन्य सबै निजि स्रोतवाट संचालन भैरहेको छ ।
बिद्यालयको भौगोलिक अबस्था
रोल्पा जिल्लाको सदरमुकाम लिवाङ देखि २७ कोष टाढा सल्यानको सिमाना सँग जोडिएको जिनावाङ गा.बि.स.मा सिद्दार्थ मावि रहेको छ । उक्त विद्यालयको भौगोलिक बनावट घामतारा पहाडको काखमा अबस्थित सुन्दर टाकुरामा रहेको छ, जुन ठाउबाट जिनाबाङ गाबिसको सम्पूर्ण भूभाग र अन्य यस विद्यालयवाट प्रत्यक्ष लाभान्वित हुने गाविसहरुको केहि भूभाग प्रत्यक्ष देख्न सकिन्छ र सल्यान जिल्लाका प्रत्यक्ष लाभान्वित हुने अधिकाँश क्षेत्रहरु पनि प्रत्यक्ष अबलोकन गर्न सकिन्छ ।
नमुना विद्यालय निर्माण क्षेत्र भौगोलिक हिसाबले अत्यन्त उपयुक्त रहेको छ । विद्यालय प्राङ्गण सम्म यातायातको सडक बाटो पुगेको छ । विद्यालयको जग्गा १४,३२० वर्ग मिटर रहेको छ भने विद्यालयको फिल्ड करिब १० हजार बर्ग मिटर रहेको छ । दुरसंचारको हिसावले नेपाल टेलिकमको नेटवर्क नजिक नभएको हुँदा केहि कठिनाई छ भने एनसेलको टावर गाबिसको सिमाना मै रहेको छ । बिजुली बत्तिको मुख्य लाइन सल्यान जिल्लाको सिमानामा पुगेको छ र जिनाबाङ गाबिसको दक्षिण बेल्ट (मनिमारे) सम्म पुगेको छ तर हाम्रो क्षेत्र अझै बिजुली बिहिन छ ।
मानव बसोबासको हिसाबले जिनाबाङ गा.वि.स.मा करिब ६५ प्रतिशत आर्य खस, करिव ३० प्रतिशत जनजाती र १० प्रतिशत दलितहरु रहेका छन् ।
विद्यालयका समस्याहरु
विगत १० बर्षे जनयुद्दले प्रभावित भएको क्षेत्र भौगोलिक हिसाबले पहाडी जिल्लाको दुर्गम र विकट क्षेत्रमा पर्दछ । यहाँका वालवालिकाहरुको शैक्षिक स्तर अत्यन्त नाजुक अबस्थामा छ । गुणस्तरीय शिक्षा प्राप्तिका लागी यहाँका बालबालिकाहरु दैनिक शैक्षिक अभावहरुमा गुज्रिरहनु परेको छ । विद्यालयहरु धेरै कच्ची भवन भएको हुँदा छारो धुलो युक्त कोठाहरुमा पढ्नु पर्ने हुँदा सरसफाइमा समस्या देखिएको छ ।
२०७२ सालको भुकुम्पको झड्काले कच्ची भवनहरु चर्किएका छन्, जुन भवनहरु जिर्ण अबस्थामा रहेका छन् । वालवालिकाहरु तिनै वर्षादमा चुहिने जिर्ण भवनहरुमा आफ्नो गृहकार्य पखालिने डर बोकेर पढ्ने गर्छन । खाने पानीको अभावमा विद्यार्थीहरुले आफै घरबाट पानी बोकेर विद्यालय आउनु पर्ने स्थिति छ । पानीको अभावमा टोइलेटहरु सफा हुन् नसक्दा बन्द भएका छन् । विद्यालय वरिपरी घेरवार नहुदा खुल्लमखुल्ला र असन्तुलित वातावरण छ ।
गुणस्तरीय शिक्षाको अभावमा स्थानीय स्तरमा दक्ष जनशक्ति उत्पादनमा मुख्य समस्या देखिएको छ । युग सुहाउदो प्राविधिक शिक्षाको ब्यबस्थापन हुन नसक्दा, यहाँका बालबालिकाहरु उही पुरानो अव्यवहारिक घिसिपिटे शैलीको शिक्षा पढन बाध्य छन् । जसको कारण धेरै विद्यार्थीहरु निरन्तर पठनपाठनबाट पलाएन भएर प्रबासिने समस्या देखिएको छ । अशिक्षाका कारण बालबिबाह प्रति लिप्त हुने र अपरिपक्वताका कारण बैवाहिक जीवनमा बैमनुश्य उत्पन्न भइ प्रभावित हुँदा सामाजिक सद्भावमा खललता पैदाहुने सामाजिक समस्याहरु रहेका छन् । विद्यालय सेवा क्षेत्र भित्र विद्यार्थीहरुलाई ब्यबस्थित नास्ता क्यान्टिनको ब्यबस्था नहुदा, रेडिमेट जंगफुडको प्रयोग गर्दा त्यहाँका बालबालिकाहरुको स्वास्थ्यमा समस्या आउने देखिन्छ । समाजमा रहेका हरेक असल संस्कार र संस्कृतिको संरक्षण र बिकृतिको निर्मुलिकरणको पाठशाला सामुदायिक बिद्यालय हुने भएको हुँदा ब्यबस्थित तथा सांस्कृतिक नमुना युक्त विद्यालयको समस्या राष्ट्रिय समस्याको रुपमा देखिदै आएको छ, यो समस्याबाट हाम्रो विद्यालय पनि अछुतो रहेको छैन ।
विद्यालयको शैक्षिक अबस्था
- अन्य विद्यालय जस्तै सोलो डोलो अध्यन अध्यापनको घीसिपिटे पुरातन शैली यथावत रहेको छ ।
- बालबालिकाहरुको लागि सिकाईकार्य पुरातन शैलीमा भैरहेको छ ।
- भौतिक संरचनाहरुको अभावले शैक्षिक अबस्थालाई प्रत्यक्ष प्रभाब पारेको छ ।
- युग सुहाउदो गुणस्तरीय शिक्षाको ब्यबस्थापनको अभाव छ ।
- प्रबिधि युक्त पठनपाठनको अभाव रहेको छ ।
- प्रयोगात्मक शिक्षणको समस्या रहेको छ ।
- दक्ष जनशक्ति उत्पादनमा समस्या छ ।
- विधागत बिषयमा उच्च शिक्षा हासिल गर्न शहर पस्नु पर्ने बाध्यता छ ।
- अभिभावकहरुको रुची अंग्रेजी माध्यमको पठनपाठन तिर आकर्षण बढ्दा सामुदायिक विद्यालयलाई बोर्डिंगले बिस्थापित गर्न सक्ने अबस्था आइपरेको छ ।
- गुणस्तरीय शिक्षा मँहगो शिक्षा बन्दा बालबालिकाहरुको मानसिकतामा नकारात्मक प्रभाब परेको छ ।
नमुना विद्यालय निर्माण अभियान
राज्यको केन्द्र बिन्दुबाट द्रिस्टिगत गर्दा “पश्चिम तथा सुदूरपश्चिम” भन्ने नामको स्थल हरेक दृष्टिकोणले उपेक्षित हुने गरेको तीतोसत्य हो । यिनै राज्यका उपेक्षित घेराहरुलाई तोड्ने हतियार नै शैक्षिक अभियान उत्तम हुनेछ, यसकारणले पनि पश्चिम तथा सुदुरपस्चिमको अस्तित्व खोज्दै भौगोलिक उत्पीडनको अन्त्यका लागी सामरिक महत्व बोकेको हाम्रो अभियान हो । हरेक परिवर्तनका पछाडी शिक्षाको अहम भूमिका हुने भएको हुँदा शिक्षालाई पहिलो सर्त बनाइ एकीकृत अभियानमा जुट्नु सचेत नागरिकहरुको दाइत्व रहेको छ ।
शिक्षाको स्तर प्रयोगात्मक र प्राबिधिक युक्त बन्दै गइरहेको परिबेशमा आजका वालबालिकाहरुलाई फराकिलो घेरावाट सुविधा युक्त पठनक्रम र पठनपाठनको ब्यबस्थापन गर्नु हरेक अभिभावकहरुको पहिलो दाइत्व बनेको छ । आजका वालवालिकाहरुको भविष्य केवल शिक्षामा भएको ठम्याई गर्दै ब्यबस्थित तथा समाबेशी शिक्षाको खोजि गर्दै शैक्षिक अभियान यहि २०७३ देखि संचालन गरेका छौ । दिगो बिकाशका लागी गुणस्तरीय शिक्षाको खोजि गर्न नमुना विद्यालय अभियानमा जुटेका छौ ।
गुणस्तरीय शिक्षालाई प्राथामिकतामा राखी आफ्नो गाउ आफै बनाउन संचालन भैरहेको नमुना विद्यालय निर्माण अभियानले विकेन्द्रिकृत बिकाशको राष्ट्रिय तथा केन्द्रीय नीतिलाई समायोजन गरेको छ । शिक्षा क्षेत्र उत्थानको लागि केन्द्रिय शैक्षिक कार्यक्रम नमुना विद्यालय निर्माण अभियानको स्प्रिड पकडेको छ। गाउँमा गुणस्तरीय शिक्षाको अभावले शहर पलायन हुने बस्तु स्थितिलाई रोक्ने र गाउँ बिकाश गर्ने नीति तथा कार्यक्रम सँग मेल खाएको छ । निकट भबिस्यमा गएर पर्यटकीय क्षेत्रको पहिचान र दिगो बिकाशलाई टेवा पुर्याउने दिशामा अघि बढेको छ, यिनै दीर्घकालीन दिगो बिकाशका लागी पन्च बर्षे योजनाहरुका साथ् अघि बढेको छ ।
नमुना विद्यालय सिद्दार्थ माविवाट प्रत्यक्ष लाभान्वित हुने क्षेत्रहरु
- जिनाबाङ गाबिसका सबै ओडाहरु
- रोल्पा जिल्लाका पाखापानी, रांक, ओत गाविसहरु
- सल्यान जिल्लाका कोट्मौला, दमाचौर, पिपल्नेटा र कोटबारा गाबिसहरु
अहिले विद्यालयमा भएका भौतिक संरचनाहरु
- ४ कोठे आरसिसि भबन – १ वटा
- २ कोठे पक्कि भबन -२ वटा
- ३ कोठे कच्ची भबन – २ वटा (जिर्ण अबस्थामा)
- २ कोठे कच्ची भबन – १ वटा (जिर्ण अबस्थामा)
- ६ कोठे टोइलेट १ वटा
- २ कोठे टोइलेट -२ वटा
- ३ कोठे टोइलेट -१ वटा
- कम्प्युटर – १४ वटा
- प्रोजेक्टर – १ वटा
- पुस्तकालय – १ वटा (४०० किताव)
- बिद्यार्थी – ४८४ जना
- शिक्षक – १४ जना
- सहायक कर्मचारी -१ जना
शैक्षिक सुधार
सस्तो र सुलभतामा ग्रामीणक्षेत्रका वालबालिकाहरुले गुणस्तरीय र उच्चस्तरीय शिक्षा आर्जन गर्ने/गराउने हेतुले सुविधा युक्त ब्यबस्थित शिक्षाको ब्यबस्थापन गर्नेछौ । जसको लागी शैक्षिक सुधारका पञ्चबर्षे बार्षिक कार्यक्रमहरु निम्न बुँदा तथा उपबुँदाहरु रहेका छन् :-
शैक्षिक सुधार सम्बन्धि पहिलो बर्षका कार्यक्रमहरु (२०७३)
- शिक्षामा भइरहेको व्यापारिकरणलाई विस्थापित गर्न र सामुदायिक विद्यालयलाई स्थापित गर्न आजको युग सुहाउदो शिक्षाको आवस्यकता संगै आम अभिभावक, बालबालिकाहरुको चासोलाई ध्यानमा राखी अंग्रेजी माध्यमबाट पठनपाठन हुने शैक्षिक प्रणालीको व्यबस्थापन गर्नेछौ, जसको लागी अहिले २०७३ देखि शिशु र कक्षा १ लाई अंग्रेजी माध्यमबाट पठनपाठनको ब्यबस्था भएको छ ।
- प्राबिधिक शिक्षालाई प्राथामिकतामा राखी यस बिद्यालयमा प्रयाप्त कम्प्युटरको ब्यबस्था गर्नेछौ ।
- बिद्यार्थीहरुलाई स्वअध्यनका लागि बिद्यालयमा पब्लिक लाइबेरी र इ-लाइवेरीको ब्यबस्था गर्नेछौ।
- विद्यालयमा इन्टरनेटको ब्यबस्था गर्नेछौ ।
- विद्यालयको नमुना वातावरणलाई घ्यानमा राखेर सफा-सुगर विद्यालय, सफा-सुगर विद्यार्थी, अनि सफा-सुगर अभिभावक कार्यक्रम नीतिगत रुपमा प्रयोग छौ । (पहिलो बर्ष देखि सुरु गरेका छौ र रणनीतिक सदाबहार कार्यक्रम अन्तर्गत लागु गर्नेछौ) ।
- शैक्षिक सुधारमा आगामी बर्ष २०७४ मा अहिले २०७३ को भन्दा १०% सिकाइ उपलब्धिमा बृदी गर्नेछौ, त्यहि अनुसारको सतप्रतिशत परिणाम निकाल्नेछौ ।
शैक्षिक सुधार सम्बन्धि दोस्रो बर्षका कार्यक्रमहरु (२०७४)
- कक्षा २ लाई अंग्रेजी माध्यामवाट पठनपाठनको ब्यबस्था गर्नेछौ ।
- बालबालिकाहरुको शैक्षिक जगलाई बलियो र ब्यबस्थित गर्न साथै अभिभावकहरुको रुचिलाई मध्यनजर गर्दै शैक्षिकसत्र २०७४ देखि सामुदायिक विद्यालयमा अतिरिक्त कक्षाहरु नर्सरी, एल केजी, यु केजी थप गर्नेछौ ।
- विद्यार्थीहरुको शैशिक जगलाई बलियो बनाउन नर्सरी देखि कक्षा २ सम्म आधुनिक पठनपाठनको लागी दक्ष तथा प्राबिधिक टिचरहरुको ब्यबस्थापन र आबस्यक प्राविधिक पाठ्यसामाग्रीको ब्यबस्थापन संगै डिजिटल प्रविधिको अध्यन अध्यापनको ब्यबस्था गर्नेछौ ।
- बालबालिकाहरुले शिक्षा आर्जन गर्दा अइच्छा, बोज तथा मानसिक तनावको न्यूनीकरण गरि सहज र उत्साहपूर्ण वातावरणमा पठनपाठन गराउन डिजीटल प्रबिधिलाई उपयोग गरि नर्सरी देखि ई-पाठलाई अडियो/भिडियो प्रोजेक्टरबाट पठनपाठन हुने व्यबस्थाको पहल गर्नेछौ ।
- प्रयोगात्मक शिक्षाको लागी साइन्स ल्याब तथा अन्य विभिन्न प्रयोगात्मक शैक्षिक सामाग्रीहरुको व्यवस्था गर्नेछौ।
- डिजिटल प्रविधिका इ-पाठहरुको ब्यबस्थापन गर्नेछौ।
- शैक्षिक सुधारमा अझ थप १०% सिकाइ उपलब्धिमा बृदी गर्नेछौ र त्यहि अनुसारको परिणाम पनि निकाल्ने छौ।
शैक्षिक सुधार सम्बन्धि तेस्रो, चौथो र पाँचौ बर्षका कार्यक्रमहरु (२०७५, २०७६ र २०७७)
- कक्षा ३, कक्षा ४ र कक्षा ५ सम्म क्रमिक ढंगबाट (२०७५, २०७६ र २०७७) अंग्रेजी माध्यामवाट पठनपाठनको ब्यबस्था गर्नेछौ।
- विद्यार्थीहरुलाई सहज वातावरणमा अध्ययन अध्यापन गराउन पूर्ण आवासीय बिद्यालय अनिवार्य बनाउनेछौ।
- विद्यार्थीहरुको रुची र आबस्यकतालाई ध्यानमा राखी विभिन्न बिषयगत उच्चस्तरीय शिक्षा हासिल गर्ने/गराउने उदेश्यका साथ् भबिस्यमा प्लस टु (+२) र प्राबिधिक बिद्यालयको ब्यबस्थापन गर्नेछौ। (रणनीति योजना अन्तरगत रहनेछ)।
- प्रत्यक रुममा सिसि क्यामराको ब्यबथापन गर्नेछौ र हरेक गतिविधिलाई प्रविधिबाट कन्ट्रोल गर्ने ब्यबस्था गर्नेछौ।
- शैक्षिक सुधारमा पहिलो बर्ष देखि पाँचौ बर्ष सम्म १०% को दरले सिकाइ उपलब्धिमा बृदी गर्दा पाँच बर्ष भित्र ५०% सिकाइ बृदीदर प्राप्त गर्नेछौ र बाँकी आर्को रणनीतिक योजना अन्तर्गत थप बृदी कार्यर्क्रम बनाउने छौ, त्यहि अनुसारको परिणाम पनि निकाल्ने छौ ।
शैक्षिक सुधार सम्बन्धि सदावहार कार्यक्रमहरु (पहिलो बर्ष २०७३ देखि सुरु भएका हुनेछन)
- विश्व भूमण्डलीकरणलाई नजिर गर्दै अबको जनशक्तिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सहज समायोजन हुन् सक्ने हेतुका साथ् विद्यालयमा (शिशु देखि कक्षा १० सम्म) पूर्ण अंग्रेजी माध्याम (Eenglish Medium) बाट पठनपाठनको ब्यबस्था हुनेछ ।
- अंग्रेजी माध्यामको पठनपाठनलाई सु-ब्यबस्थित र उत्कृष्ट बनाउन यस विद्यालयका शिक्षक शिक्षिकाहरुलाई बिषयगत शिक्षण/सिकाई बिधि/प्राबिधिक तालिमको ब्यबस्था गर्नेछौ ।
- देशका विभिन्न नमुना विद्यालयहरु सँग समन्वय गरि शिक्षण बिषयमा शिक्षक गोष्ठी/सेमिनार तथा तालिमको भरपुर व्यवस्थापन गर्नेछौ ।
- बालबालिकाहरुको शैशिक स्तर अनुगमनका लागि प्रत्यक महिनाको अन्तिममा मासिक परिक्षासंचालन गराउनेछौ/लागु गरेकाछौ र सम्बन्धित बिद्यार्थीका अभिभाबकहरु लाई उपस्थित गराई रिजल्ट सुनुवाई गर्ने ब्यबस्था गरेकाछौ । न्यून रिजल्ट ल्याएका विद्यार्थीको अभिभाबकहरु सँग सम्बन्धित विद्यार्थीको क्षमता बिकाशका लागि अन्तरक्रिया गर्ने/गरेकाछौ ।
- विद्यार्थीहरुलाई विभिन्न बाहिय ज्ञान आर्जनका लागी देशका विभिन्न पर्यटकीय स्थलहरुको छनौटगरि बार्षिक भ्रमणको ब्यबस्था गराउनेछौ ।
- शैशिक सुधारलाई ध्यानमा राखी अभिभावक, शिक्षक र बिद्यार्थीहरु बीचको त्रिकोणात्मक सम्बन्धलाई प्रगाढ बनाइ विभिन्न बिषयमा छलफल परामर्श गरिरहेका छौ/ गरिरहनेछौ ।
- यस बिद्यालयलाई नेपालकै नमुना बिद्यालयको रुपमा स्थापित गर्ने महत्वाकांक्षका साथ् जिल्ला शिक्षा कार्यालय, शिक्षा विभाग, शिक्षा मन्त्रालयहरु संग समन्वय गरि छलफल परामर्श तथा अनुगमन गर्ने/गराउने छौ, (पञ्चबर्षे योजना पछी पनि रणनीतिक योजना अन्तर्गत लागु गर्नेछौ)।
- विद्यालयको नमुना वातावरणलाई ध्यानमा राखेर विद्यालय सेवा क्षेत्र भित्र मधेरा पान, जुवातास लगाएत अन्य बिकृति जन्य क्रियाकलापको रोकथाम गर्नेछौ ।
- विद्यालयमा हरियाली वातावरण ब्यबस्थापनका लागी वार्षिक वृक्षारोपण कार्यक्रम अनिवार्य लागु गर्नेछौ।
- कक्षा ब्यबस्थापन बारे:
- विद्यार्थीहरुको लागी आबस्यक डेस्क बेन्चहरु डेकुरेसन युक्त ब्यबस्थापन गर्नेछौ ।
- विद्यार्थीहरुको चापलाई हेरेर सेक्सनमा विभाजन गरि कक्षाहरु संचालन गर्नेछौ र आवस्यकता अनुसार शिक्षकको ब्यबस्थापन गर्नेछौ ।
- शैक्षिक सुधार बुँदा अन्तर्गत दोस्रो बर्षमा लागु हुने कार्यक्रम अन्तर्गत बुँदा नं. ४ को ब्यबस्था हुनेछ ।
- छात्र र छात्राहरुको छुट्टाछुट्टै कक्षाहरुको ब्यबस्था गर्नेछौ ।
- अंग्रेजी माध्यम र नेपाली माध्यमबाट पठन पाठन (दुवै) को व्यबस्थाको लागी पहल गर्नेछौ । किन भने अन्य विद्यालय बाट पढ्न आउने माथिल्लो तहका विध्यार्थिहरुलाई अंग्रेजी माध्यममा समायोजन हुन् सहज हुनेछ ।
- शिक्षण सिकाइ किर्याकलाप बारे:
- शिशु देखी कक्षा १० सम्म मासिक परिक्षाको ब्यबस्था गरेका छौ ।
- शैक्षिक सुधार अन्तर्गत सदाबहार कार्यक्रमको बुँदा नं २,३,४र५ शिक्षणसिकाई किर्याकलाप सँग जोड्ने छौ।
- कम्जोर बिध्यार्थिहरुलाई छुट्टै कोचिंग कक्षा तथा शिक्षण कक्षा (Tuition Class) को ब्यबस्था गर्नेछौ ।
- विध्यार्थीहरुको रुचिलाई ध्यानमा राखी बिभिन्न खेलकुद किर्याकलापलाइ जोड दिनेछौ।
- सुक्रवारे कार्यक्रमलाई प्रतियोगितात्मक ढंगबाट ज्ञानआर्जनमा ध्यान दिनेछौ।
- विद्यालय र विद्यार्थीहरुको अनुकुलतामा अन्य अतिरिक्त किर्याकलाप निर्माण र प्रयोग गर्दै जानेछौ।
- विद्यालय र समुदायको सम्बन्ध बारे:
- विद्यालय नै समाज र मानवको ज्ञान भण्डार भएको ठानी नजिकको सम्बन्ध राख्नेछौ ।
- समाज रुपान्तरणको लागी आबस्यक कार्यक्रम बनाई जन्ताको घरदैलो अभियान चलाउने छौ ।
- मासिक रुपमा अन्तरक्रिया तथा छलफल चलाउने छौ ।
- नमुना विद्यालयका लागि नमुना विद्यार्थी बनौ, नमुना शिक्षक बनौ र नमुना अभिभावक बनौ भन्ने शिर्षकमा विद्यार्थी, शिक्षक र अभिभावक बीच त्रिपक्षीय बृहत मासिक छलफल गर्नेछौ ।
- शिक्षक, विद्यार्थी, अभिभावक, राजनैतिक दलको आचार सहिता बारे:
- शिक्षक र विद्यार्थीहरुको पहिलो आचार संहिता समय तालिका हुनेछ ।
- विद्यार्थी र शिक्षकहरु शिक्षा एन कानुनमा उल्लेखित आचार संहिता कडाइका साथ् लागुगर्ने/गराउने छौ।
- राजनीति रहित स्वतन्त्र विद्यालय हुनेछ ।
- नमुना शिक्षकको आचार संहिता, नमुना विद्यार्थी आचार संहिता, नमुना अभिभावक आचार संहिता आन्तरिक रुपमा छुट्टै निर्माण गरि लागु गर्नेछौ ।
आर्थिक सुधार
गुणस्तरीय शिक्षाको ब्यबस्थापनमा मुख्य भूमिका अर्थतन्त्रको भएको हुँदा अभियानको मेरुदण्डको रुपमा आर्थिक अभियान संचालन गरेका छौ । दीर्घकालीन र बलियो आर्थिक आधारका लागी पञ्चबर्षे आर्थिक कार्यक्रमका निम्न बुँदा तथा उपबुँदाहरु रहेका छन् :-
- ५० लाखको अक्षयकोष निर्माण (पहिलो बर्षमा)।
- ७५ लाखको अक्षयकोष निर्माण (दोर्सो र तेस्रो बर्ष सम्म)।
- अक्षकोष निर्माणको बलियो आधार भनेका शिक्षक, कर्मचारी, ब्यापारी, राजनीतिकदल, समाजसेवक, अभिभाबक, देशी तथा विदेशी रोजगारवालाहरु सँग समन्वय गरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अक्षयकोष संकलन अभियान संचालन गरेका छौ, (पहिलो देखि पाँचौ बर्ष सम्म)।
- स्थानीय स्तरमा एकघर एकअक्षयकोष अभियान संचालन गर्नेछौ, (पहिलो देखि पाँचौ बर्ष सम्म)।
- ५ बर्षे आर्थिक अभियानबाट एक करोड बराबरको रकम अक्षयकोषमा जम्मा गर्ने महत्वाकांक्षीका साथ् आर्थिक अभियानमा जुटेका छौ, (पहिलो देखि पाँचौ बर्ष सम्म)।
- स्थानीय जनसमुदायमा हुने मरु (मरण हुदा) बरु (बिबाह हुदा), सांस्कृति धार्मिक पुजापाठ तथा अन्य विभिन्न कार्यक्रमहरुमा हुने फजुल खर्चलाई न्यूनीकरण गर्न प्रोत्साहन गर्दै उक्त खर्चलाई सामाजिक सेवामा रुपान्तरण गराउने छौ र दान स्वरूप अक्षयकोषमा सहर्ष जम्मा गर्ने वातारण निर्माण गर्दै आर्थिक जम्मा गर्नेछौ, (सदावहार कार्यक्रमको रणनीति योजना अन्तर्गत लागु गर्नेछौ)।
- अक्षयकोषलाई जिल्लामा दर्तागरि अक्षयकोष बिनियामावलीको परिधिभित्र रहेर पारदर्शी ढंगबाट संचालन गर्नेछौ । (पहिलो बर्ष देखि सदाबहार रणनीति योजना अन्तर्गत लागु गर्नेछौ)।
- देश बिदेशमा रहेका विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरु सँग समन्वय गरि आर्थिक तथा भौतिक सहयोगका लागी पहल गर्नेछौ, (पहिलो देखि पाँचौ बर्ष सम्म)।
- आर्थिक अभियान संचालन गरेको एक महिना भित्र सरदर २५ लाख बराबरको रकम अक्षयकोषमा जम्मा गरि सकेका छौ, (योजना तयार पर्दा सम्म) ।
- अक्षयकोषको विनियामावली हुनेछ र जिल्ला शिक्षा कार्यालयको प्रत्यक्ष निगरानी रहनेछ, (सदाबहार)।
- विभिन्न सरकारी तथा गैरसरकारी दाताहरु सँग समन्वय गरि विद्यालयको भौतिक संरचना निर्माण सम्बन्धि सहयोगको पहल गर्नेछौ (पहिलो देखि पाँचौ बर्ष सम्म)।
- कुल लागतको सतप्रतिसत जनश्रमदान खर्चगर्न हामी स्थानीय समुदायहरु प्रतिबद्द रहेका छौ, (आबस्यकता अनुसार सदाबहार)।
- वडा स्तरका विभिन्न कलव, आमासमुह, अन्य संघ संस्थाहरुलाई आर्थिक कार्यक्रममा जोडेर लैजाने छौ, आबस्यक जनश्रम र आर्थिक संकलनमा परिचालन गर्नेछौ । बर्षेनी आउने नेपालीहरुको चाड पर्वहरुलाई पनि नमुना विद्यालय निर्माण अभियानमा जोडेर आर्थिक संकलन गर्नेछौ, (पहिलो देखि पाँचौ बर्ष सम्म)।
- बार्षिक उत्सबको मेलावाट उठ्ने आय रकम नमुना विद्यालय निर्माणका लागि उपभोग गर्नेछौ, (आबस्यकता अनुसार सदाबहार)।
- अक्षयकोषको आय रकम (ब्याजदरबाट मात्र उपभोग हुनेछ), अपांग, असाय, जेहेन्दार, बिपन्न वर्ग, उत्पीडित जातिलाई छात्रवृत्ति बार्षिक हिसाबले वितरण गर्नेछौ, (सदाबहार कार्यक्रम)।
भौतिक सुधार
नमुना विद्यालय निर्माणका लागी चाहिने भौतिक पूर्वाधारहरु ब्यबस्थापन गर्नु नै मुख्य चुनौतिको रुपमा उभिएको छ । तर हामीलाई बिस्वास छ भौतिक संरचना निर्माण गर्न चाहिने म्याटेरिल (कच्चा बस्तुहरु) विभिन्न सहयोगी दाताहरुबाट उपलब्ध गराई, बाँकी भौतिक संरचना निर्माणका लागि चाहिने श्रम स्थानीय जनश्रमदानवाट निर्माण गर्न हामी प्रतिबद्द छौ।
भौतिक सुधार सम्बन्धि पहिलो बर्षका कार्यक्रमहरु (२०७३)
- खानेपानीको ब्यबस्थापन ।
- इ-लाइवेरीको लागि २ कोठे भवन ।
- साइन्स ल्याव तथा अन्य प्रयोगात्मक २ कोठे भवन ।
- साइन्स ल्यावको ब्यबस्थापन ।
- सोलारको ब्यबस्थापन ।
- बन्द सेसनका लागि सानो घेरवार र गेट ।
- बालबालिकाहरुको लागी खेलौना युक्त चिल्ड्रेन पार्कको ब्यबस्थापन ।
- विभिन्न खेलकुदका सामाग्रीहरुको ब्यबस्थापन ।
- स्कुलको सार्बजनिक जग्गा नापी नक्साको आधारमा विद्यालयको रोवरमा ल्याउन जिल्ला नापी कार्यलयलाई अनुगमन गराउनेछौ, नजिकै रहेको बजार ब्यबस्थापनमा सहज र स्कुलको भौतिक संरचना निर्माणमा सहज बनाउनेछौ ।
- भौतिक संरचना निर्माण थालनी गर्नु पुर्व नमुना विद्यालयको स्थलगत निरीक्षण र ईन्जिनियरिङ् गराउन जिल्ला शिक्षा कार्यालयको प्राबिधिक टोलि ल्याई सर्वेक्षण गराउने छौ र सर्वेक्षणको आधारमा सजावट, आकर्षक युक्त ब्यबस्थित् स्थल बनाउने छौ ।
भौतिक सुधार सम्बन्धि दोश्रो बर्षका कार्यक्रमहरु (२०७४)
- कम्प्युटरको लागि ४ कोठे भवन ।
- बालबालिकाहरुको लागि २ कोठे बालबिकाश भवन ।
- खेल मैदानको ब्यबस्थापन ।
- पर्यटन क्षेत्रलाई वढावा दिन पब्लिक पार्कको व्यवस्थापन ।
- २०७४ का अपुरा योजनाहरुलाई पूर्णता दिन कार्यन्वयन गर्नेछौ ।
भौतिक सुधार सम्बन्धि तेस्रो, चौथो र पाँचौ बर्षका कार्यक्रमहरु (२०७५, २०७६, र २०७७)
- ५०० देखि ८०० विद्यार्थीहरुका लागि आवासीय भवन ।
- अक्षयकोष तथा अतिथिहरुका लागि २ कोठे भवन ।
- विद्यार्थीहरुको लागि कक्षा ४ कोठे, ३ ओटा भवन ।
- १०० थान कम्प्युटरको ब्यबस्थापन ।
- स्कुलको ठुलो घेरवार र ठुलो गेटको ब्यबस्थापन ।
नमुना विद्यालय निर्माणका अल्पकालीन कार्ययोजनाहरु (२०७३)
SLC विद्यार्थी २०७३ मा लक्षित अल्पकालीन शैक्षिक सुधार योजनाहरु
नमुना विद्यालय निर्माण अभियानको शैक्षिक सुधारलाई परिणाम मुखी बनाउन SLC विध्यार्थीहरुको लागी बिशेष कार्यक्रम २०७३ लागु गरेका छौ । विद्यालयको शैक्षिक स्तरको मापनतह SLC विद्यार्थीहरुको नतिजामा भरपर्ने भएको हुँदा, आगामी शैक्षिकसत्रका SLC विद्यार्थीहरुको लागि तयारि कक्षा/पाठ्यक्रमको ब्यबस्थापन र पठनपाठनमा सहजीकरण गर्न तत्काल आवासीय कच्ची भवन निर्माण कार्यमा जुटेका छौ । उक्त आवासीय भवन स्थानीय जन श्रमदानवाट निर्मित हुनेछ । SLC विद्यार्थी र सम्बन्धित शिक्षकहरुलाई आवासीय ब्यबस्थापन गरि आवस्यकता अनुकुल अतिरिक्त पठनपाठनको ब्यबस्था गर्नेछौ ।
SLC विद्यार्थी २०७३ को शैक्षिक स्तर सुधारका लागी तत्काल आबस्यक पर्ने आवासीय संबन्धि अल्पकालीन योजनाहरु निम्न वुँदाहरु रहेका छन्:
- आवासीय विद्यालय निर्माणको लागी (१०० मिटर चौडाई, ३०० मिटर लम्बाई) फिल्ड जनश्रमदानबाट निर्माण गर्नेछौ ।
- १२ कोठे आवासीय कच्ची भवन जनश्रमदानबाट निर्माण गर्नेछौ ।
- आवासीय विद्यालयको लागी दुइ कोठे भान्साघर जनश्रमदानबाट निर्माण गर्नेछौ ।
- SLC विद्यार्थीहरुलाई आगामी मङ्सिर देखि होस्टेलमा राख्ने ब्यबस्थापन गर्नेछौ ।
- SLC तयारि कक्षाको अडियो/भिडियो पठनपाठनको ब्यबस्था गर्नेछौ ।
- SLC बिध्यार्थिहरुलाई छुट्टै कोचिंग कक्षा तथा शिक्षण कक्षा (Tuition Class) को ब्यबस्था गर्नेछौ ।
- आवासीय विद्यालयको लागि खाने पानीको ब्यबस्था गर्नेछौ, जसको लागी अनियमित रुपमा आउने पानीलाई नियमित आउने ब्यबस्थापन र आकाशे पानी संकलनको व्यबस्था गर्नेछौ ।
- विद्यार्थीहरुको प्रत्यक रुममा खानेपानीको फिल्टर ब्यबस्था गर्नेछौ ।
- हरियाली वातावरणका लागी वृक्षारोपण कार्यक्रम गर्नेछौ ।
नमुना विद्यालय निर्माण विभागहरु
नमुना बिद्यालय निर्माण अभियान आफैमा चुनौती पूर्ण छ तर महान सम्भावनाहरु पनि छन् । तिनै सम्भावनाहरुलाई परिणाम मुखी बनाउन विद्यालय ब्यबस्थापन समितिको मातहतमा प्रमुख ३ वटा विभागहरु गठन गरि कार्य बिभाजन गरेका छौ ।
विद्यालय सुचना बिभाग:
- यस विभागले प्रचार प्रसार अभियानलाई प्राथामिकता दिनेछ ।
- सुचना प्रविधिको बिकशित युगमा विभिन्न संचार उपकरणहरुको प्रयोग गरि संसार भर रहेका सहयोगीदाताहरु संग समन्वय गर्दै समय सान्दर्भिक र एतिहासिक अभियानको सारथिका रुपमा हातेमालो गर्नेछ ।
- विद्यालयको आधिकारिक वेवसाइट siddharthaschooljinabang.com, फेसबुक, इमेल संचालन गर्नेछ ।
- विद्यालयका सम्पूर्ण गतिविधिहरु वेवसाइट मार्फत अपडेटः गरिरहनेछ ।
- विद्यालयको इतिहास, बर्तमान र आगामी कार्यक्रमहरु वेबसाइटमा कैद गरि सुरक्षित गर्नेछ ।
- विभिन्न देशमा रहेका रोजगारवाला युवाहरुलाई समेटेर अनलाइन सम्पर्क समिति निर्माण गरि आ-आफ्नो कार्यक्षेत्रमा नमुना विद्यालय निर्माण अभियानमा परिचालन/सहयोग गर्नेछ ।
विद्यालय अक्षयकोष बिभाग:
- यस विभागले आर्थिक स्रोत जुटाउनका लागी बिशेष नेतृत्वदायी भूमिका खेल्नेछ ।
- व्यक्तिगतरुपमा अभियानलाई आर्थिक सहयोग गर्नुहुने व्यक्ति स्वतः अक्षयकोष समिति सदस्यको मान्यता दिइनेछ ।
- अक्षयकोषलाई बैज्ञानिक बनाइ संचालन गर्न “अक्षयकोष विनियामावली” निर्माण गर्नेछ र जिल्ला शिक्षा कार्यालयको प्रत्यक्ष निगरानीमा संचालन गर्नेछ ।
- अक्षयकोषलाई जिल्लामा दर्तागरि अक्षयकोष बिनियामावलीको परिधि भित्र रहेर पारदर्शी ढंगबाट कोष संचालन गर्नेछ ।
- अक्षयकोष सहयोगी दाताहरुलाई इतिहासमा जीवित राख्न मार्बल शिलालेखमा नामांकन गरेर सार्बजनिक स्थलमा राखिनेछ ।
- अक्षयकोष सहयोगी दाताहरुलाई सहयोग प्रमाण पत्र सहित सम्मान गरिनेछ ।
नमुना विद्यालय अभियान बिभाग:
- यस विभागले अभियानको भौतिक निर्माण पहलमा बिशेष नेतृत्वदायी भूमिका खेल्नेछ ।
- देश बिदेशमा रहेका सहयोगी दाताहरु सँग समन्वय गर्दै आर्थिक तथा भौतिक निर्माण सम्बन्धि योजना तथा कार्यक्रमहरु माग/तर्जुमा गर्नेछ ।
- विभिन्न सरकारी तथा गैरसरकारी सँस्थाहरु सँग समन्वय गरी आबस्यक प्राबिधिक तथा भौतिक सहयोगको लागि पहल गर्नेछ ।
- स्थानीय स्तरमा नमुना अभियानलाई टेवा पुर्याउने हिसाबले विभिन्न चाडपर्व तथा सांस्कृतिक धार्मिक उत्सवहरुलाई आर्थिक कार्यक्रम सँग जोड्ने छ ।
- भौतिक संरचना निर्माण सम्बन्धि आबस्यक पर्ने जनश्रमदान बारे स्थानीयवासीहरु सँग समन्वय गरि आबस्यकता अनुसार संचालन/परिचालन गर्नेछ ।
अन्य आन्तरिक विभागहरु:
विद्यालयको आन्तरिक शैक्षिक सुधार र आन्तरिक आर्थिक सुधार बारे यी बिभागहरुले आबस्यक भूमिका खेल्नेछन र आबश्यकता अनुसार नमुना विद्यालय निर्माण अभियान कार्यक्रमहरु सँग समन्वय र सहकार्य गर्नेछन् । जसका लागि निम्न विभागहरु रहेका छन् :-
- शिक्षक अभिभाबक संघ ।
- परिक्षा बिभाग ।
- अनुगमन बिभाग ।
- विद्यालय आन्तरिक आर्थिक बिभाग ।
- मुल्यांकन बिभाग ।
- कक्षागत समन्वयकर्ता (प्रावितह, निमावीतह, माध्यामिकतह, अतिरिक्त क्रियाकलाप) ।
विविधमा
देश बिदेशमा रहनु भएका सम्पूर्ण आदरणीय दाताहरुलाई नमुना विद्यालय निर्माण अभियन्ता र स्थानीय समुदायको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछौ !
- अक्षयकोषका लागी देश विदेशमा रहनु भएका दाताहरु (व्यक्तिगत) बाट उठेको रकम २५ लाख बराबर ।
- बिभिन्न क्षेत्रमा रहेका सहयोगी संस्थाहरुवाट सहयोग आउने क्रम जारिछ, हाल गैर आवासीय नेपाली संस्था साउदीले दुइ कोठे पक्कि भवन र इ-लाइबेरी उपलब्द गराउने भएको छ ।
- बिभिन्न सरकारी तथा गैरसरकारी सँस्थाहरुले हाम्रो अभियान प्रति चासो देखाउदै सहयोगको प्रतिबद्धता दिनु भएको छ ।
अन्तमा, नमुना विद्यालय निर्माणका लागी शिक्षामा नमुना परिणामको आबस्यकता हुन्छ, तर यसका पछाडी आर्थिक र भौतिक समस्याले प्रभाब पार्ने गरेको हुन्छ, त्यसकारण, हामीलाई विभिन्न सरकारी तथा गैरसरकारी दाताहरुको सहयोग र कार्यक्रम चाहियको छ । भौतिक संरचना निर्माणको लागी श्रम, शक्ति र सिप प्रयोग गर्न हामी स्थानीय समुदाय तथा युवाहरु आत्मगत रुपमा दृढ प्रतिबद्ध रहेका छौ, स्थानीय समुदाय नमुना विद्यालय निर्माणका लागी अत्यन्त उत्सुक रहेका छन् । तसर्थ तपाई सम्पुर्ण सहयोगी दाताहरु (सम्बन्धित विभाग/कार्यालय) बाट आबस्यक सहयोग गर्नु हुनेछ भन्नेमा हामी बिश्वस्त छौ ।
अरुले विकाश गर योजना दिन्छौ भन्नु र हामीले बिकाश गर्छौ योजना देउ भन्नुमा धेरै भिन्नताहरु छन् । अतः हामि बिकाश गर्छौ, योजनाहरु देउ भन्ने अभियानमा छौ । तपाईको नीति तथा कार्यक्रम र हाम्रो परिश्रमको तालमेलमा नमुना विद्यालय बनाउन प्रतिबद्धता जाहेर गर्दछौ ।
स्मरणहोस्, दिगो बिकाशको लागी शिक्षालाई पहिलो शर्त बनाई चलाइएको शैक्षिक अभियान सम्भवतः नेपालकै इतिहासमा बिरलै भेटिने छन् । देश र समाजको उन्मुक्तिको एउटा मात्र आधार शिक्षा हो, यस्ता शैक्षिक अभियानहरुलाई राज्यले प्रोत्साहन दिदै राष्ट्रब्यापी लागुगर्न/गराउन प्रेरित गर्नुपर्छ । विभिन्न सरकारी तथा गैरसरकारी संघ सँस्थाहरुले यस्ता शैक्षिक अभियानहरुलाई प्रथामिकतामा राखी समाज रुपान्तरणको मूल मन्त्रको रुपमा प्रयोग गर्नुपर्छ । आशा छ तपाई सम्बन्धित बिभाग/क्षेत्र/सँस्था बाट सहयोग पाउनेमा ढुक्क छौ, यसका लागी पारदर्शी भएर उपभोग गर्न प्रतिबद्ध छौ ।
धन्यवाद !
आबस्यक जानकारीका लागी सम्पर्क व्यक्ति र फोन नम्बरहरु:
१. प्रेम बहादुर ओली (नमुना विद्याल निर्माण अभियान संयोजक) – +९७७ ९८१०८५२२८३
२. तिलक राम ओली (विद्यालय ब्यबस्थापन समिति अध्यक्ष) – +९७७ ९८१०८५२४७८
३. केबी गुरुङ (सूचना विभाग प्रमुख) – +९७१ ५६२२४६५५६
४. नबिन खड्का (विद्यालय सल्लाहकार) – +९७७ ९८०३३००५८०
५. टोप बहादुर ओली (अक्षयकोष समिति अध्यक्ष) – +९७७ ९८०९८८३५६३
६. गोर्ख बहादुर ओली (विद्यालय प्रधानाध्यापक) – +९७७ ९८१०९७२१५१