दिगो बिकाशको लागी शिक्षा नै महत्वपूर्ण आवस्यकता हो !
![NRN-Saudi](https://siddharthamv.edu.np/wp-content/uploads/2016/07/NRN-Saudi-1.jpg)
(गैरआवासीय नेपाली संघ (NRN) साउदीले सहयोग गर्ने भवनको नक्सा यस्तो रहेको छ)
रोल्पा जिल्ला जिनाबाङ गाविसमा संचालन भइरहेको नमुना विद्यालय निर्माण अभियानलाई साउदी स्थित गैरआवासीय नेपाली संघ साउदीले भौतिक निर्माण सहयोग गर्ने भएको छ । प्रवासीहरुको हकहित र संरक्षणका लागी साउदीमा क्रियाशील एनआरएन संस्थाले विभिन्न सामाजिक सेवाहरु गर्दै आइरहेको छ । आजको युग सुहाउदो शिक्षाको खोजि अभियानलाई भौतिक सहयोग गर्न एनआरएन साउदीका अध्यक्ष नारायण पासवानले प्रतिबद्धता दिनु भएको अभियानका संयोजक प्रेम बहादुर ओलीले बताउनु भएको छ ।
उक्त अभियानलाई तत्काल दुइ कोठे पक्कि भवन र इ-लाइबेरी सहयोग गर्न साउदी स्थित एनआरएन तयार रहेको संयोजक ओलीलाई बताउनु भएको छ । नमुना अभियानको गतिशिलता र नमुना परिणामलाई हेरेर भबिस्यमा विद्यार्थीहरुलाई कम्प्युटर लगाएतका अरु थप सहयोग गर्ने समेत अध्यक्ष पासवानले जानकारी दिनु भएको छ ।
त्यस्तै आजको आबस्यकता र बिकाशको केन्द्र बिन्दु नै शिक्षा भएकोले हाम्रो शैक्षिक ब्यबस्थापन भुकुम्प प्रभावित क्षेत्रहरुमा लागु गर्ने साउदी एनआरएनको नीति तथा कार्यक्रम रहेको एनआरएन साउदी महासचिव तेज बहादुर थापाले सुचना विभागलाई बताउनु भएको हो ।
दिगो बिकाशको लागी शिक्षा नै आजको अनिवार्य शर्त भएको हुँदा नमुना विद्यालय निर्माण अभियानलाई भौतिक सहयोग गर्नुहुने गैरआवासीय नेपाली संघ साउदीलाइ नमुना विद्यालय अभियान्ता हार्दिक धन्यवाद व्यक्त गर्दछौ ।