केबी गुरुङ
एउटा साथीको कुराले संधै मेरो मस्तिष्कलाई चिमोठ्ने गर्छ, “विदेश बसेर पैसा कमायौ, अब त तिम्रो बसाइँ सराइ शहर तिर हुन्छ होला हैन?”
मानाभरिको भावाना मिस्याएर मुरीभरिको तिर हान्दै दिमागको मस्तिष्क कोट्याउने मेरो अत्यन्त मन मिल्ने साथी हो। हामी स्कुलका कलास मेट थियौ ! फरक यत्ति छ उ अहिले शिक्षक भएको छ, म भने प्रदेशी भएको छु तर बिचार उस्तै मिल्छ।
बर्षेनी घर बिदामा जाने यो प्रदेशी पंतिकार जब घरवाट फर्किन्छ गाउघरका अभावहरु कलमको निमले माला बुनेर घाँटी भरि झुण्ड्याएर फर्किन्छ, अभावका अनुभूतिले कलमको गहभर्दै अनुभूतिका पानाहरु सजाउछ तर साथीका भनाईलाई हेर्दा, अलिकति भावना जोडिएको छ तर धेरै बिचार झल्किएको छ ।
खासमा नेपाली समाजको धरातललाई हेर्दा पनि यो हबिगत वास्तविक नै छ । अलिकति पढे लेखेको जवान युवा अबस्था रहुन्जेल विदेश बस्छ र केहि पैसा कमाइ सकेसम्म परिवार उतै लगेर जान्छ, नसके सुविधा युक्त शहर परिवार सहित भासिन्छ ।
राजनीतिक छवी बनाएको कुशल युवा सिंहदरबारको राजनीति गर्न राजनधानी पस्छ । कोहि गाउमा बस्ने शिक्षित मानिने युवा शहरको एजेन्ट भएर गाँउ लुटीरहेको हुन्छ ।
यता आफु जन्मिएको गाँउघर अमिला अभावका पहाडहरु ठड्याएर बसेको छ, जुन पहाडमा न्यून बर्गका मानिसहरुलाई पासो थापेर रुवाबासी बनाइ रहन्छ । यिनै अभावका पहाडहरुमा पढ्ने स्कुलहरु, घरको कामगरि थाकेका बालबालिकाहरु बिसाउने चौतारी बनेका छन, मानौ त्यहाँ पढ्न होइन हप्तामा एकदुइ दिन थाकेको शरीर बिसाउन हाजिर हुन्छन ।
मेरो गाँउमा २०४५ सालमा स्थापना भएको सिद्दार्थ मावि स्कुल छ जहाँ बिषयगत कलासहरु थोरै शिक्षकहरु बीच तानतुन पारेर पढाउनु पर्ने बाध्यता छ । यसको प्रभावले विद्यार्थीहरुको अन्तिम परिक्षासम्म विषयगत पाठहरू पुरापढाइ नभएको पिडा छ ।
स्कुलमा भौतिक सामग्रीको अभाव छ, जसोतसो शौचालयहरु बनेका छन् तर खानेपानीको अभावले सरसफाई नहुँदा दिशाले नै शौचालय बन्द भएको छ । विद्यालय प्राङ्गण वरिपरी बन्द घेरवार नहुँदा असन्तुलित वातावरण भेटिन्छ, उस्तै परे विद्यालयका बालबालिकाहरु सँगै गाइबस्तुहरु स्कुल मैदानमा खेलिरहेको पनि भेटिनेछन । पुराना कच्ची भवनहरु जिर्ण अबस्थामा छन् । बर्षादमा पानी चुहिदा आफुले गरेको गृहकार्य नै पखालिन्छ कि भनेर बालबालिकाहरुको मनमा डरले बास गरेको छ ।
हेलो सर्वदलीय दलहरु ? ठिकै छ वजेट फ्रिज हुनुका आफ्नै कारणहरु होलान, बिस्तृतमा नजाउ तर तपाइँ कै विकट बस्तीका गरिवहरुलाई नाङ्गो बनाएर फर्किने बजेटलाई सिंहदरवार जानबाट रोक्नुहोस र “आफ्नो स्कुल आफै बनाउ” भन्दै नमुना अभियानमा जुटेकाहरुलाई सहयोग गर्नुहोस हुदैन र ?
यस्तै पट्यारलाग्दा अभावहरु हरबिहान, हरसाँझ त्यो स्कुलमा एना बनेर भेटिन्छन, यस्तै पिडा बिकट बस्तीका कुना कुनामा भेटिन्छन ।
यी अभावहरुको बखान गर्दै केवल मुखदर्शक भएर बसिरहन पनि सक्दैनौ । त्यसैले हामी स्थानीय स्तरका युवा तथा जनसमुदायहरु दिगो बिकाशको लागि शिक्षा नै पहिलो शर्त हो भन्दै आफ्नो स्कुल आफै बनाउन रोल्पा जिनाबाङको सिद्धार्थ माध्यामिक विद्यालयलाई नमुना बनाउन जुटेका छौ । अभावको त्यो विकट बस्तीमा गुणस्तरीय शिक्षाको वृक्षारोपण गर्न चाहान्छौ । राष्ट्रिय स्तरमै एउटा नमुना विद्यालय निर्माण अभियानलाई स्थापित गर्न चाहान्छौ ।
तर विडम्बना भनौ, यता हामी बिकाशको सपनामा देश विदेशबाट सामुहिक अभियान चलाई रहेका छौ, उता राज्यले विकाशको नाममा विनियोजन गरेको वजेट समय अवधि भित्र उपभोग नभएको बहानामा जिल्ला सदरमुकामबाटै कथित फ्रिजको मुकुण्डो भिरेर उतै राजधानी फर्किन्छ ।
विनियोजन भएको वजेट फ्रिज किन हुन्छ? त्यसको यथेस्ट प्रमाण सँग राज्यको सरोकार रहदैन, बरु यस्तो लाग्छ बस्तिभरिका अभावहरुलाई बिचल्ली बनाउदै राज्यका मालिकहरुको भत्ता बढाउन त्यहि कथित बजेट राजधानीमा टुप्लुक्क फर्किन्छ ।
हेलो सर्वदलीय दलहरु ? ठिकै छ वजेट फ्रिज हुनुका आफ्नै कारणहरु होलान, बिस्तृतमा नजाउ तर तपाइँ कै विकट बस्तीका गरिवहरुलाई नाङ्गो बनाएर फर्किने बजेटलाई सिंहदरवार जानबाट रोक्नुहोस र “आफ्नो स्कुल आफै बनाउ” भन्दै नमुना अभियानमा जुटेकाहरुलाई सहयोग गर्नुहोस हुदैन र ?
राज्यले बिकाश निर्माणका लागी हरेक बर्ष छुट्याउने बजेट समयमा सदुपयोग नभएर प्रतिबर्ष सरदर ५०% बजेट फ्रीज भएर जाने तथ्यांकमा भेटाउछौ । यहि आर्थिक बर्ष २०७२/७३ मा १० महिनासम्म विनियोजित कुल बजेटलाई हेरौ ४३ प्रतिशत मात्रै खर्च भएको भेटिन्छ।
हेलो सरकार । कृपया फ्रिजको मुकुण्डो भिरेर राजधानी फर्किने बजेट हामीलाई देउ, हामी नमुना विद्यालय बनाउछौ, बरु जस्तो सुकै बाचा गर्न तयार छौ । नमुना विद्यालय निर्माणका लागि श्रम, समय, शक्ति र सिप खर्च गर्न तयार छौ, बालबालिकाहरुको उच्च शिक्षाको लागी आबस्यक जनश्रमदान खर्च गर्न स्थानीय समुदाय प्रतिबद्ध छन्, के राज्यको ढुकुटी बिकाशका लागी होइनर ?
यो भ्रम नपरोस, राज्यको ढुकुटीमा र्याल काडेर मात्रै हामी अभियानमा भने जुटेका होइनौ तर राष्ट्रिय महत्व बोकेका अभियानहरु प्रति राज्यको कर्तब्य र भूमिका के हुने ? भन्ने बारे सम्बन्धित पक्ष गम्भीर बनुन ।
देश विदेशमा रहेका युवाहरुले आफ्नो पाखुरी बजारेर साटेको दुइ पैसालाई बिकाश निर्माणमा खर्च गर्न जुटीसके । तिनै बिकाश चाहाने मनहरुबाट सहयोग स्वरूप झन्डै १५ देखि २० लाख बराबरको आर्थिक जम्मा गरिसकेका छन्, अझै जम्मा गर्दैछौ ।
नमुना विद्यालय निर्माणको लागी हामीले शैक्षिक सुधार, आर्थिक सुधार र भौतिक सुधारका मुद्दाहरु बोकेर जिल्लाको मात्र होइन नेपालको नमुना विद्यालय बनाउन चाहान्छौ । अभावको त्यो गाउमा पूर्ण आवासीय विद्यालय निर्माण गर्नेछौ, जहाँ सुविधा युक्त प्राविधिक विद्यालय हुनेछ । हाम्रा बालबालिकाहरु गाउको स्वच्छ वातावरणको चिल्ड्रेन टाकुरा (खेलौनायुक्त पार्क) मा रमिरहेका हुनेछन, आजको विश्व भूमण्डलीकरणलाई थेग्न, हाम्रो उत्पादित जनशक्ति अन्तर्राष्ट्रिय स्तरमा समायोजन हुन सक्ने जनशक्ति निर्माण गर्नेछौ ।
डिजीटल प्रबिधिबाट शैक्षिक पठनपाठन ब्यबस्थापनको अभ्यास गर्न चाहन्छौ । आजको बिकशित प्रबिधिलाइ ध्यानमा राखी प्राविधिक शिक्षा आर्जनको अधिक ब्यबस्था गर्नेछौ । आवश्यकता अनुसार विभिन्न विधागत उच्चशिक्षा आर्जन गर्ने भुमिमा बिकाश गर्नेछौ र उच्च शिक्षाको खोजि गर्दै शहर भौतारिनु पर्ने अबस्थाको अन्त्य गर्नेछौ । जस्ले प्रयटन बिकाशलाई पनि टेवा पुग्ने छ र भविष्यमा प्रयटन क्षेत्रको रुपमा पनि बिकाश गर्नेछौ ।
अन्त्यमा, राष्ट्रको चिन्तन गर्दै राजधानीको आकाशमा परिवर्तनकारी धारिला विचारधाराका जेठ विमानहरू उडान गर्ने कलमधारिहरुले अब अभावको गाउँमा उडान गरौ, किन कि विचारधाराका विमानहरुले राजधानीको आकाशबाट सिहदरबारमाथि बमबारी गर्दा पनि मेरो अभावको गाउमा अभाव अझै टरेन ।
राजनीतिक कर्मीहरु आफैले सुत्रधार गरेको बिकेन्द्रिकृत विकाशको अवधारणालाई लागुगर्न अब आफ्नै अभावको गाउबस्तीमा फर्कौ । देशका गहना कलाकारहरुले धुर्मुश र सुन्तलीको नमुना कामबाट शिक्षा लिएर नयाँ बस्ति निर्माणमा जुटौ ।
(लेखक सिद्धार्थ माविका नमुना विद्यालय अभियानका सुचना विभाग प्रमुख हुनुहुन्छ )