कृष्ण चन्द्र पोख्रेल -रोल्पा जिल्ला शिक्षा शाखा अधिकृत
नेपालको झण्डै ८० वर्ष भन्दा लामो एस्एल्सी परीक्षाको इतिहासमा यस वर्ष नयाँ प्रणालीको शुरुवात भै कार्यान्वयन भएको अवस्था छ । आधुनिक शिक्षा प्रणालीको शुरुवात संगै विसं १९९० साल देखि शुरुभएको विद्यालय तहको अन्तमा लिइने एस्एल्सी परीक्षा प्रणाली ८२ वर्ष सम्म एउटै ढंगले एउटै पद्धतिवाट प्रकाशित गरिदै आएको थियो । बिश्व परिवेशमा परीक्षा प्रणालीको नतिजालाई परिवर्तन गरि नेपालले आफुलाइ विश्व सामु समायोजित गरेको आभाष आम समुदायले गरेको छ ।
परम्परागत अंकन प्रणालीवाट श्रेणीकरण गरि सार्वजनिक हुने एसएलसीको नतिजा यो वर्ष अक्षरांकन प्रणालीमार्फत प्रकाशित भएको छ । श्रेणीगत प्रणालीमा अभ्यस्त भएका हामी आम सरोकारवालाहरुलाई यस वर्षको अक्षरांकन प्रणालीको नतिजाले धेरै अन्यौलता सृजना ग¥यो र कतिपयलाई आफ्नो नतिजाको वास्तविकता केहो स्पष्ट नभएर नत खुसि दियो न त दुखि नै वनायो । कसैले नतिजा जुनसुकै ढंगवाट आएपनि पुरानै श्रेणीकरणको आधारमानी व्यख्या विश्लेषण गर्ने गरियो जुन गलत थियो । अझै रोल्पाको परिवेश अनुसार विगतमा २०% नतिजा दिन नसकेका विद्यालयहरुले जिपिए मार्फत प्राप्त प्रापत अंकलाई २५ ले गुणान गरि सत प्रतिशत नतिजा दिन सफल भयौं भनि खुशि साटासाट गरेको पनि पाइयो ।
कतिपय विद्यार्थीले प्राप्त जिपिए अंकलाई २५ ले गुणन गरि नसोचेको प्रतिशत आयो भनि उल्लासमय भएको पनि पाइयो । यि सवै खुसी वा वेखुसी देखिनु नयाँ नतिजा प्रणालीको असपष्टताको परिणाम हो । छोटो समयको नीतिगत आधारमा पर्याप्त तयारी विना गरिएको अभ्यासको कारण आम समुदाय मात्र नभई प्रत्यक्ष सरोकारवाला एवं दक्षता हासिल गरेका विज्ञहरुलाई समेत दुविधा वनाएको पाइयो ।
असार २ गते सार्वजनिक भएको २०७२ सालको एस्एल्सी नतिजा रोल्पा जिल्लाको प्रारम्भिक तथ्यांकलाइ विश्लेषण गर्दा सन्तोषजनक रहेको पाइन्छ । रोल्पा जिल्लाको सन्दर्भमा यस प्रणालीको नतिजा अनुसार प्रारम्भिक विश्लेषण गर्दा ए प्लस ल्यउनेको संख्या शुन्य, ए ग्रेड ल्याउने ११ जना, वि प्लस ग्रेड ल्याउने ७२ जना, वि ग्रेड ल्याउने २९० जना, सि प्लस ल्याउने ८११ जना, सि ग्रेड ल्यउने १६८७ जना, डि प्लस ल्याउने ९७४ जना, डि ग्रेड ल्याउने ११० जना र ई ग्रेड ल्याउने शुन्य रहेको पाइयो । जसमा सहभागीहरुमध्ये नियमित तर्फ २७४९ जना र एक्जामटेड तर्फ १३९४ जना रहेको थियो । सफल मध्ये नियमित तर्फ सवै भन्दा धेरै सि ग्रेडमा १०३६ नियमित ६५१ जना एक्जामटेड गरि जम्मा १६८७ जना उतिर्ण हुन सफल भएका छन । सफल उमेदवारले रोल्पामा ३.५ जिपिए सम्म ल्याएको पाइयो ।
सवै भन्दा उच्च ए ग्रेड मा एकजना पनि उतिर्ण हुन नसक्नुले जिल्लाको शैक्षिक सुधारमा धेरै गर्न वाकी देखिन्छ भने सवै भन्दा तल्लो ग्रेडमा एकजना पनि नपर्नु ले सन्तोष गर्ने केही आधार दिएको आभास हुन्छ । सवै विद्यालयको विषयगत ग्रेडलाइ आधारमानी विद्यालयगत विश्लेषण गर्न सके जिल्लाको सवै विद्यालयको वास्तविक अवस्था देखिने तर सम्पुर्ण डाटा पनिकामा हुने हुदा हाललाई तथ्यगत विश्लेषण गर्न सकिएन तर प्राप्त नतिजको आधारमा रोल्पा जिल्लाको नतिजा सन्तोषजनक रहेको पाइन्छ ।
नतिजाको आधारमाा समग्र जिपिए अंकको आधारमा निर्धारित ग्रेडले उपल्लो तहमा पढ्न पाउने नपाउने कति अंक प्राप्तले उच्च माध्यमिक पढ्न पाउने आदि इत्यादी अन्यौलताको सवालमा उठाउन चाहान्छु । उच्च माध्यमिक शिक्षा परिषदको निर्णय अनुसार विशिष्ठ दक्षता आवश्यक पर्ने विषयक्षेत्रमा उच्च शिक्षा हासिल गर्नको लागी सोही विषय संग सम्वन्धीत मुख्य विषयहरुमा तोकिए वमोजिमको ग्रेड हासिल गरेकोले मात्र पढ्न पाइने व्यवस्था गरेको छ । कक्षा ११ मा भर्ना हुन कम्तिमा पनि अग्रेजी, गणित, विज्ञान, सामाजिक र नेपाली विषयमा डि प्लस अनिवार्य हुनुपर्ने व्यवस्था उच्च माध्यामिक शिक्षा परिषदले गरेको छ ।
१.६ ग्रेड प्वाइन्ट एभरेज ल्याउनेले व्यवस्थापन, शिक्षा, मानविकि संकायमा अध्ययन गर्न पाउने छन साथै सिटिइभिटि अन्तर्गतका व्यवसायिक धारमा भने तोकिए वमोजिमको जिपिए वा ग्रेड प्राप्त गरेकाले अध्ययन गर्न पाउने व्यवस्था रहेको छ । माध्यामिक तहको व्यवसायिक धारमा पढ्न चाहानेले विज्ञान, अंग्रेजी र गणितमा सि ग्रेड अनिवार्य ल्याउनु पर्ने व्यवस्था छ । उच्च कक्षामा आफुले जुन विषय पढ्न चाहेको हो सो विषयको समकक्षताको विषयमा सी ग्रेड अनिवार्य ल्याउनु पर्ने हुन्छ । शिक्षा संकायको जुनसुकै विषय पढ्न चाहनेले पनि सो विषय संग सम्वन्धित समकक्षताको विषयमा सी अनिवार्य ल्याएको हुनुपर्ने हुन्छ ।
नयाँ अभ्यासको यो नतिजाको परिणाममा चित्त नवुझ्नेले पुरानै तरिकावाट पुनर्योगको लागि आवेदन गर्न सक्ने अवसर पनि दिएको छ साथै स्तर वृद्धि परीक्षा ( पुरक परीक्षा ) को समेत व्यवस्था गरकोमा यो प्रणाली अझै राम्रो मानिएको छ । आगामी साउन १४ गतेवाट स्तर मौका परीक्षा हुने गरि पनिकाले सार्वजनिक सुचना जारी गरेको छ । वढिमा कुनै दुई विषयमा डि ग्रेड भन्दा कम ग्रेड ल्याउने विद्यार्थीले मौका परीक्षामा सामेल हुन आवेदन दिन सक्नेछन । तर तोकिएको समय र स्थानमा स्तर वृद्धि आवेदन भरेकोले मात्र परीक्षामा सामेल हुन पाइने व्यवस्था रहेको छ तर वढिमा दई विषयमा डि ग्रेड भन्दा कम ग्रेड पाउनेले मात्र आवेदन गर्न पाउने छन ।
विगतको एसएलसीको नतिजा र यस वर्षको नतिजामा फरक केही भएन झन झन्झटिलो भयो भन्ने आम गुनासो नआएको होइन तर सरसरर्ती हेर्दा फरक नभएको जस्तो भए पनि वास्तविक रुपमा धेरै फरक भएको मैले पाए । विगतको नतिजामा पास र फेलको नतिजा थियो भने यस वर्ष कुनै पनि वालवालिका फेल भएका छैनन् सवैलाई समान स्तरवाट सम्वोधन भएको पाइयो ।
पास हुनेलाई खुसी तुल्याउने गरेको भए पनि फेल भएर मानसिक रुपले तनाव सृजना हुने अवस्था वाट आम विद्यार्थीले उन्मुक्ति पाएका छन । विगतको नतिजामा विशिष्ट, प्रथम, द्धितीय र तृतीय श्रेणी ४ वटा मात्र आधार थियो भने यस वर्ष नौ तहको ग्रेड निर्धारण गरिएको छ । विषयगत ग्रेडले विषयगत दक्षता निर्धारण गरेको छ । पास हुनको लागि हुने हर्कत र झन्झट हटेको छ ।
फेल भएर हुने विकृति , दुर्घट्ना, विद्यार्थीमा पर्ने नकारात्मक मनोसामाजिक असर आदि हटेको छ । विगतको भन्दा धेरै लचक खालको नतिजा भएको र भविष्यको उच्च शिक्षाको लागि थप विशिष्टिकृत गरेको कारण यो नतिजाको प्रणालीको यथार्ततालाई वास्तविकतासंग जोडेर विश्लेषण गर्ने हो भने विद्यार्थी देखि अभिभावक शिक्षक विद्यालय समाज हुदै राष्टि सम्म सवैलाई हित गरेको छ ।
नतिजाको प्रणाली मात्र परिवर्तन भयो तर वालवालिकाको सिकाइ उपलव्धीको विश्लेषण गर्ने हो भने खासै फरक पाइदैन तर पनि अवको भविश्य सिकाइ उपलव्धिका केन्द्रीत भएर अगाडी वढ्न प्रेरणा अवश्य दिलाउने देखिन्छ ।
प्रणाली जस्तो भए पनि यसका सवल पक्षहरुलाई आत्मसाथ गर्दै जाने र सुधारको पक्षहरुलाई सुधार गर्दै जाने हो भने वर्तमानमा सृजना भएका अन्यौलताहरु आपसेआफ हट्दै जानेछन र शैक्षिक स्तर कायम गर्न सहजता पुग्ने अपेक्षा गर्दै एसएलसी नतिजा २०७२ संग प्रत्यक्ष एवं परोक्ष सरोकार राख्ने सवैलाई सफलताको शुभकामना ।
-जनआकांक्षा साप्ताहिक बाट