सम्माननीय उपराष्ट्रपति नन्दकिशोर पुन ज्यु । राष्ट्रपतिको कार्यालय भवन
महोदय ।
रोल्पा जिल्ला जिनाबाङ गाविसमा रहेको सिद्दार्थ माध्यमिक विद्यालय घोप्टेओढार जिनाबाङमा “आफ्नो स्कुल आफै बनाउ” अभियानमा जुटेका छौ । २०४५ सालमा स्थापना भएको विद्यालयमा कक्षा १० सम्म पढाइ संचालन भइरहेता पनि उक्त विद्यालयमा प्राथामिकतहमा ४ दरबन्दी १ राहत, निमावितहमा ३ राहत र बाँकी सबै निजि स्रोतबाट संचालन भइरहेको जानकारी गराउदछौ ।
आज विश्व भूमण्डलीकरण भइरहेको बेला प्राविधिक शिक्षाको आवस्यकता सगै युग सुहाउदो नमुना शिक्षाको ब्यबस्था गर्नु हाम्रो दाइत्व भएको हुदा वालवालिकाहरुको लागि स्तरीय/गुणस्तरीय शिक्षाको ब्यबस्थापन गर्न स्थानीय समुदाय र युवाहरुको पहलमा “नमुना विद्यालय निर्माण अभियान” संचालन गरेका छौ । समाज परिवर्तनको पहिलो आधार शिक्षा भएको ठहर गर्दै सतप्रतिसत शिक्षाको ब्यबस्थापनमा जुटेको छौ ।
गुणस्तरीय शिक्षा र प्राविधिक शिक्षालाई ध्यानमा राखी विद्यार्थीको पठनपाठनमा सहजीकरण गर्न आवासीय विद्यालयको आबस्यकता पर्ने भएको हुँदा विद्यालयमा आर्थिक तथा भौतिक निर्माणको समस्या सधैं तगारो बन्ने गरेको छ । नमुना विद्यालय निर्माणका लागि पहिलो शर्त आर्थिक तथा भौतिक संरचना निर्माणमा हुने भएको हुँदा अभियानको पहिलो चरणमा आर्थिक अभियानलाई प्राथमिकतामा राखी दीर्घकालीन आर्थिक आधारको लागी अक्षयकोष निर्माण गरेका छौ र हाल सम्म करिब २० लाखको हाराहारीमा आर्थिक कोषमा जम्मा भइसकेको छ । हाम्रो तिन बर्षे आर्थिक अभियान भित्र ५० लाख भन्दा माथिको अक्षयकोष निर्माण गर्ने हेतु रहेको छ ।
नमुना विद्यालय निर्माणका लागी शैक्षिक सुधार, भौतिक सुधार, आर्थिक सुधार र सुचना संचारलाई मुख्य एजेन्डा बनाइ, यसै सँग सम्बन्धित विभागहरु गठन गरि ब्यबस्थापनको लागि एकीकृत अभियानमा जुटेको कुरा सहर्ष जानकारी गराउदछौ ।
तत्काल शैक्षिक सुधारका लागि विद्यार्थीको पठनपाठनमा कसरि स्तरीय/गुणस्तरीय ल्याउन सकिन्छ भन्ने बारे स्थानीय अभिभावक, शिक्षक र विद्यार्थीहरु बीच घनिभूत छलफल चलाएका छौ र निरन्तर चलाइ रहनेछौ । स्तरीय शिक्षाको ब्यबस्थापनका लागी जिल्ला शिक्षा कार्यालय तथा शिक्षा स्रोत व्यक्तिहरु सँग समन्वय गरिरहेका छौ । नेपाल अधिराज्य भर रहेका नमुना सामुदायिक विद्यालयका प्राचार्य तथा प्राबिधिक शिक्षकहरु सँग शैक्षिक सुधार तथा प्राबिधिक सहयोग बारे छलफल परामर्श गरिरहेका छौ र निरन्तर गरिरहने छौ । हालै शिशु र कक्षा १ देखि अंग्रेजी माध्यमवाट पठनपाठनको ब्यबस्था गरि सकेका छौ । विद्यालयको शैक्षिक स्तरको मापनतह SLC विद्यार्थीहरुको नतिजामा भर पर्ने भएको हुँदा, आगामी शैक्षिकसत्रमा SLC विद्यार्थीहरुको लागि तयारि कक्षा/पाठ्यक्रमको ब्यबस्थापन र पठनपाठनमा सहजीकरणका लागि आवासीय विद्यालय निर्माण गर्ने उदेश्य लिएका छौ र निकट भविष्यमा नै स्तरीय र व्यवहारिक युक्त सुविधा सहितको पूर्ण आवासीय विद्यालय बनाउने उदेश्य लिएका छौ ।
महोदय । नमुना विद्यालय निर्माणका लागी नमुना शिक्षण र नमुना परिणामको आबस्यकता हुन्छ, त्यसका पछाडी भौतिक पूर्वाधारहरु (आर्थिक, भौतिक निर्माण) को मुख्य समस्या बनेको छ । जसको लागी हामीलाई विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुको योजना तथा कार्यक्रमा सहितको सहयोग चाहियको छ, बाँकी श्रम, शक्ति र सिप प्रयोग गर्न हामी स्थानीय समुदाय तथा युवाहरु दृढ प्रतिबद्धता जाहेर गर्दछौ । अतः तपाईको विभाग/कार्यालय समक्ष आबस्यक सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ ।
समाजमा परिवर्तनको मुहार फेर्न चाहाने युवाहरु “आफ्नो गाउ आफै बनाउ” भन्दै हामी श्रम र शक्ति खर्च गर्न मैदानमा तयार छौ, हामीलाई केवल सहयोग सहितको योजना तथा कार्यक्रम चाहिएको छ । आशा छ गर्न चाहाने युवाहरुका लागी तपाइको विभाग/कार्यालयवाट अबस्य सहयोग हुनेछ र परिवर्तनको सुरुवात हामी आफैबाट सुरु गरेका छौ/गर्नेछौ ।
इतिहासलाई फर्केर हेर्दा पनि १० बर्षे युद्दले प्रभावित भएको क्षेत्र र भौगोलिक अवस्थालाई हेर्दा दुर्गम र विकट क्षेत्र भएको हुनाले पनि त्यहाँका वालवालिकाहरुको शैक्षिक स्तर अत्यन्त नाजुक अबस्थामा छ । गुणस्तरीय शिक्षा प्राप्तिका लागी यहाँका बालबालिकाहरु दैनिक शैक्षिक अभावहरुमा गुज्रिनु परेको छ । वालवालिकाहरु स्तरीय शिक्षा आर्जनको बलियो बेस नहुदा उच्च शिक्षा हासिल गर्न सकी रहेका छैनन्, अन्ततः निरास भइ प्रवासिनु शिवाय अरु उपाए छैन । तसर्थ समाज परिवर्तनको लागी दक्ष जनशक्ति उत्पादनमा समस्या हुँदै आएको छ । परिवर्तनको लागी पहिलो शर्त वा आधार नै शिक्षा रहेको हुँदा शैक्षिक अभियानमा जुटेका छौ । समाज परिवर्तनको यस्तो सुन्दर अभियानबाट राज्यको भूमिका, दाइत्व र कर्तव्य टाढा रहने छैन । राज्यको सहयोगी भूमिका पाउने छौ, निर्माणको कर्तब्य हामीले ठान्ने छौ । यी समस्या र सम्भावनाहरुका बाफजुद नमुना विद्यालय निर्माणमा जुटेका छौ ।
अन्तमा, हाम्रो विद्यालयको इतिहास आदरणीय वर्तमान उपरास्ट्रपती ज्यु सँग जोडिएको हुँदा पनि अत्यन्त आशावादी हुँदै गर्वअनुभूति गरिरहेकाछौ, गर्व यो अर्थमा गरिरहेका छौ कि २०५० सालमा तात्कालिन सिदार्थ प्राथामिक विद्यालयमा वर्तमान उपराष्ट्रपति नन्दकिशोर पुन ज्यु शिक्षक भएर अध्यन अध्यापन गराएको स्कुल हो । जहाँ आज तिनै उपरास्ट्रपतीका विध्यार्थिहरु नै आज नमुना विद्यालय निर्माण अभियानमा जुटेका छन् । तात्कालिक आदरणिय गुरु तपाइँ नन्दकिशोर पुन आज राष्ट्रको सम्मानित उपराष्ट्रपति पदमा आशिन हुँदा विद्यालयको छबि र इतिहास बनाउने सुवर्णअबसरमा हामी जुटिरहेका छौ । इतिहास हरेक काल खण्डमा हरेक बस्तुले निर्धारण गर्ने भएको हुँदा तपाइको इतिहास सँग जोडिएको बस्तु सिद्दार्थ माध्यामिक विद्यालय एतिहासिक बनाउदै छौ, त्यसकारण पनि तपाईको अमुल्य सहयोग इतिहासमा उन्मुक्तिको गाथा बनेर हाम्रो विद्यालयमा गुन्जीरहनेछ । जुन दिन यहाँका वालवालिकाहरु नमुना विद्यालयको प्राङ्गणमा नमुना विद्यार्थी बनेर नेपालको सान बढाई रहेको क्षण भेटिने छ, त्यसैले नमुना विद्यालय र नमुना विद्यार्थी बनाउने प्रतिबद्दता जाहेर गर्दछौ ।
नमुना विद्यालय अभियन्ता
विद्यालय व्यबस्थापन समिति
अक्षयकोष समिति
सुचना विभाग
विद्यालय परिवार