सिद्दार्थ मावि घोप्टेओढारमा यहि आषाढ २ गतेका दिन शिक्षक, अभिभावक र बिद्यार्थी बीच त्रिपक्षीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त अन्तरक्रिया कार्यक्रममा नमुना विद्यालय निर्माण अभियानका संयोजक प्रेम बहादुर ओली, वि.व्य.स. अध्यक्ष तिलक राम ओली लगाएत अन्य स्थानीय अभिभावकहरुको उपस्थिति रहेको थियो ।
अनुसासन नै हाम्रो सपलताको पहिलो खुड्किलो भएको हुँदा नमुना विद्यालय निर्माणका लागी शिक्षक, विद्यार्थी र अभिभावकहरु सब भन्दा पहिले अनुसासित भै नमुना बन्ने बारे छलफल भएको थियो । जसको लागि विद्यालयमा निम्न बुँदाहरुमा छलफल भएका थिए;
१) नमुना शिक्षक बनौ !
२) नमुना विद्यार्थी बनौ !
३) नमुना अभिभावक बनौ !
नमुना बन्न हामी आफैबाट सुरु गरौ भन्दै अत्यन्त उत्साहका साथ् सबै प्रतिबद्द रहेको अभियानका संयोजन प्रेम ओलीले बताउनु भयो । त्रि पक्षीय सम्बन्धको पहिलो सुत्र हरेक महिना सौहार्दपूर्ण छलफल, सकारात्मक परामर्श र सिर्जनात्मक सुजावको वातावरण निर्माण गर्दै जाने कुरा पनि रहेको छ ।