[क्रम संख्या: १५४]
दुर्गम रोल्पाको गंगादेब गाउपालिका ३ मा रहेको सिदार्थ माध्यामिक बिद्यालय घोप्टेओढारमा अध्यनरत टुहुरा-अनाथ बालबालिकाहरुको अक्षयकोषमा दिला खरेलले ५१ हजार रकम सहयोग गर्ने घोषणा गर्नु भएको छ । उक्त ठाउमा नमुना बिद्यालय बनाउने अभियान चलिरहेको छ ।
हाल अष्ट्रेलियामा रहेका दिला खरेलले नगरपालिकाको कर्मचारी हुँदा लिएको सबै तलब धुर्मुश सुन्तलीले बनाउन लागेको रगंशाला निर्माणलाई सहयोग गर्ने घोषणा गर्नु भएको छ । भरतपुर महानगरपालिका–५ निवासी खरेलले सन् २००२ देखि २००५ सम्म भरतपुर नगरपालिकामा (ना. सु.) कम्प्युटर अपरेटरको रुपमा काम गर्नु भएको थियो । उक्त ३ वर्ष अवधिमा लिईएको सबै तलब रगंशाला निर्माणका लागि खरेलले सहयोग गर्न लाग्नु भएको हो ।
परोपकारी कामहरुमा आफुलाइ समाहित गर्दै आईरहेका खरेलले धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गरेको तराइको मुसहर बस्ती निर्माणका लागि पनि केहि वर्ष अगाडी १ लाख सहयोग गर्नु भएको थियो । उनले आफु पढेको विद्यालय विश्व प्रकाश उच्च मा.वि. मंगलपुरमा इ–लाइव्रेरी निर्माणार्थ २ लाख समेत गर्नु भएको थियो ।
त्यसैगरि उच्च शिक्षा अध्ययन गर्न अस्ट्रेलिया पुगेका खरेल युवा व्यवसायी हुन् । अस्ट्रेलिया र नेपालमा लेखा, कर, वित्तीय र शैक्षिक परामर्श सम्वन्धि सेवाप्रदान गर्ने व्यवसाय इनोभेटिभ एसोसिएट्सका प्रवन्ध निर्देशक खरेल विगत १२ वर्षदेखि अस्ट्रलियामा बसोबास गर्दै आउनु भएको छ ।
दिगो बिकाशको लागी गुणस्तरीय शिक्षा !
श्री सिद्दार्थ मावि सुकिदह -३ घोप्टे ओढारमा अध्यनरत टुहुरा तथा अनाथ, द्वन्दपिडित, असहाय, जेहेन्दार र अति बिपन्न बर्गका बालबालिकाहरुको शैक्षिक ब्यबस्थापनका लागि हाल अस्ट्रिया भियाना बस्दै आउनु भएका समाजसेबी ‘दिला खरेल’ ज्युबाट नमुना बिद्यालय निर्माण अभियानको अक्षयकोष सहयोग सारथि बन्दै सहयोग रु. ५१,००० (एकाउन्न हजार) सहयोग प्रदान गर्नु भएको छ।
नमुना विद्यालय निर्माण अभियानका सारथि तथा अक्षयकोष समिती सदस्यमा सहभागी बन्नु भएकोमा यहाँलाइ “नमुना विद्यालय अभियानता” हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्दछौ ।
सहयोगीको नाम : दिला खरेल
स्थायी ठेगाना : चितवन भरतपुर
अस्थायी ठेगाना : हाल अष्ट्रेलिया
सहयोग शुल्क: रु. ५१,००० (एकाउन्न हजार)
पहलकर्ता (मार्फत) : प्रेम बहादुर वली (अभियान संयोजक)
अभियानको जिम्मेवारी: अक्षयकोष सारथी
पेशा: