सिद्दार्थ मावि जिनाबाङ/विद्यालय सुचना बिभाग
१०७औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको उपलक्ष्यमा रोल्पा जिनाबाङ-३ (पुरानो संरचना अनुसार)मा ७० वर्ष उमेर पुगेका वृद्द महिलाहरुलाइ स्थानीय आमा समुहले दोसल्ला ओढार सम्मान गरेको छ।
सम्मान हुनेहरुमा सावित्रा ओली, पवित्रा ओलि, भदी बुढा, पुठी घर्ति रहनु भएको छ।
समाजका असली शृष्टिकर्ता आमाहरु हुन्। तिनै आमाहरु सम्मानितहुने संस्कार समाजमा कमि देखिन्छ, बरु कतै बाबाहरु मात्र सम्मानितहुने परम्परा देखिन्छ, उक्त परम्पराबाट माथि उठेर आमाहरुलाई पनि सम्मान गर्नुपर्छ भन्ने सुन्दर परम्पराको थालनी गरेको छ।
मार्च ८ लाई अन्तर्राष्ट्रिय महिला दिवशको रुपमा मनाउने चलनचल्ती भएपनि शनिवार (मार्च ११) को दिन विद्यालयको छुट्टीको अबसर पारि स्थानीय आमा समुहको आयोजनामा महिला भेटघाट तथा अन्तरक्रिया कार्यक्रम राखिएको हो। उक्त कार्यक्रम नमुना विद्यालय चलिरहेको सामुदायिक सिद्दार्थ माध्यमिक विद्यालयको प्रांगणमा भएको हो।
महिला शशक्तिकरणमा आधारित अन्तरक्रिया कार्यक्रम सामाजिक उत्थानमा पनि केन्द्रित रहेको थियो। आमाहरु सचेतहुनुले सचेत समाज निर्माणहुने भन्दै महिला जागरण मुखी अन्तरक्रिया कार्यक्रम भएको आमा समूहकि अध्यक्ष अन्जुली घर्ति (गुरुङ)ले बताउनु भयो।
विद्यालय प्रधानाध्यापक गोर्ख बहादुर ओलीको प्रमुख अतिथि रहेको कार्यक्रम आमा समुहकी अध्यक्ष अन्जुली घर्ति (गुरुङ)ले संचालन गर्नु भएको थियो।
![17269075_344412275954042_1890495198_o](https://siddharthamv.edu.np/wp-content/uploads/2017/03/17269075_344412275954042_1890495198_o.jpg)
![17230001_344421159286487_589780749_o](https://siddharthamv.edu.np/wp-content/uploads/2017/03/17230001_344421159286487_589780749_o.jpg)
![17273487_344496182612318_850187934_o](https://siddharthamv.edu.np/wp-content/uploads/2017/03/17273487_344496182612318_850187934_o.jpg)