विद्यालय सूचना बिभाग/सिदार्थ मावि जिनाबाङ
सिद्दार्थ मावि जिनाबाङले थालनी गरेको नमुना विद्यालय निर्माण अभियान अन्तर्गत भौतिक निर्माणको सबै भन्दा पहिलो दाताको रुपमा गैरआवासीय नेपाली संग साउदीलाई पाएको हो।
द्वन्द्व तथा भुकुम्प ग्रस्त विकट क्षेत्रमा पुनः निर्माणको योजना लिएको एनआरएन साउदीले राजधानीबाट कोसौं टाढा पश्चिममा रहेको द्वन्द्व ग्रस्त क्षेत्र रोल्पा जिनाबाङको विद्यालयमा पुनःनिर्माण कार्यमा जुटेको हो। गएको विनासकारी भुकम्पले जिर्ण बनाएका भवनहरुलाई स्थलगत अनुगमन गरि भौतिक निर्माणको लागि एनआरएन साउदीले हात बढाएको हो।
![nrn-sudi](https://siddharthamv.edu.np/wp-content/uploads/2016/09/Nrn-sudi.jpg)
एनआरएन साउदी महासचिव तेज बहादुर थापा भवन शिलान्यासमा सहयोग संझौता पत्रमा हस्ताक्षरगर्दै।
प्रविधि युक्त शिक्षा ब्यबस्थापनका लागि भौतिक तथा आर्थिक ब्यबस्थापनलाई पहिलो प्राथामिकतामा राखेर बिद्यालय अभियान्ता टिमले विश्वमा रहेका विभिन्न संघ सँस्थाहरु संग समन्वय गर्दा एनआरएन साउदी सँग सहयोगी दाताको रुपमा सहकार्य गर्ने सुनौलो अबसर बिद्यालयले पाएको हो।
इ-लाइब्रेरी तथा सूचना केन्द्र ब्यबस्थापनका लागि विद्यालयमा इ-लाइब्रेरी भवनको आवस्यकता महसुस गरि १० लाख ५० हजार बराबरको दुइकोठे इ-लाइब्रेरी (पक्कि ढलान सहितको) भवन निर्माण गर्ने सहमति संगै निर्माण कार्य सुरु गरिएको थियो ।
![16295649_231699730623208_906317348_n](https://siddharthamv.edu.np/wp-content/uploads/2017/03/16295649_231699730623208_906317348_n.jpg)
एनआरएन भवन निर्माण कार्य सुरु हुँदा
शिक्षा माथि देखिएको व्यापारिकरणले राज्यबाट न्यून लगानी भएका र निजि स्रोतबाट संचालन गरिएका सामुदायिक विद्यालयहरु बन्दहुने अबस्थामा पुगेपछी निम्न बर्गका बालबालिकाहरुको शैक्षिक भविष्यका लागि स्थानीय युवा तथा समुदायहरु आफ्नो गाउँको सामुदायिक बिद्यालयलाई नमुना प्रबिधियुक्त विद्यालय बनाउने अभियानमा जुटेका हुन्।
![15682574_306551519740118_801018497_o](https://siddharthamv.edu.np/wp-content/uploads/2017/03/15682574_306551519740118_801018497_o.jpg)
नमुना विद्यालय निर्माण अभियानमा स्थानीय बासीहरु
हुनेखाने बर्गका सन्तानहरु सुबिधा युक्त शहरमा आधुनिक शिक्षा ग्रहण गर्ने तर अभावको बिकट बस्तीमा रहेका निम्न बर्गका बालबालिकाहरु उही पुरानो घिसिपिटे शिक्षा पनि हासिल गर्न नपाउने अबस्था आए पछी स्थानीयहरू आफै जुट्नु परेको हो।
![17029116_252055835254264_1342685511_n](https://siddharthamv.edu.np/wp-content/uploads/2017/03/17029116_252055835254264_1342685511_n.jpg)
एनआरएन भवन ढलान हुने क्रममा
प्रविधियुक्त स्कुल ब्यबस्थापनको सपना देखेर स्थानीयहरु अभियानमा जुटेपछी थुप्रै सहयोगी मनहरु जुटेका छन्। सहयोग गर्ने दाताहरु प्रति बिद्यालय परिवार स्थानीय समुदायहरुले आभार व्यक्त गरेका छन। त्यस्तै भौतिक निर्माणको पहिलो दाताको रुपमा सहकार्य गर्ने एनआरएन साउदि प्रति विद्यालय परिवार तथा स्थानिबासी निकै हर्षित हुँदै आभार प्रकट गरेका छन्।
एनआरएन साउदीले निर्माणाधीन इ-लाब्रेरी भवन अनुगमन गर्ने
ई-लाइब्रेरी भवन निर्माण कार्यले तिब्रता लिएको र अबको केहि दिनमा ढलान हुने अबस्थामा रहेको छ। उक्त निर्माणाधीन अबस्थामा रहेको भवन अनुगमनका लागि एनआरएन साउदीले आफ्नो प्रतिनिधि पठाउने भएको छ ।
विद्यालय अनुगमन टोलीमा एनआरएन साउदिबाट एनआरएन एनसीसी साउदी सदस्य भक्त राई र अजय श्रेष्ठको टोलि आजै (१९ फाल्गुन) बिद्यालयमा पुग्ने भएको छ। बिद्यालय अनुगमन पछी बिद्यालय प्रतिनिधि संग थप सल्लाह सुजाव तथा अन्तरक्रिया हुनेछ।
![PostPati](https://siddharthamv.edu.np/wp-content/uploads/2017/03/PostPati.png)
एनआरएन एनसीसी साउदी सदस्य भक्त राई र अजय श्रेष्ठ