सिद्धार्थ मावि जिनाबाङ, २३ मंसिर २०७३/सूचना बिभाग
गैरआवासीय नेपाली संघ (एनआरएन) साउदी द्वारा अनुदान गरिएको इ-लाइब्रेरी भवन निर्माण कार्य सुचारु भएको छ । नमुना विद्यालय निर्माण अभियान अन्तर्गत सिद्दार्थ माध्यमिक विद्यालयले गरेको अनुरोधलाई मनन गरि भौतिक निर्माणलाई सहयोग गर्ने भएको हो ।
भुकुम्प पिडित तथा द्वन्द्व क्षेत्रका बालबालिकाहरुको शैक्षिक ब्यबस्थापनका लागि एनआरएन साउदीको अनुदान कार्यक्रम अन्तर्गत रोल्पा जिल्लाको बिकट ठाउमा रहेको यस बिद्यालयले अनुदानको सुवर्ण अबसर पाएको हो ।
एनआरएन साउदी द्वारा १० लाख ५० हजारको स्कुल भवन शिलान्यास २०७३ असोज ५ गते भएको थियो । नेपालीहरुको चाडपर्वका कारण तत्काल निर्माण कार्य सुचारु हुन् ढिलाई भए पनि हाल भने भवन निर्माण कार्य सुचारु भै सकेको छ । भवन निर्माण कार्यलाई तिब्रताका साथ् निकट भविष्यमै सम्पन्न गर्ने बिद्यालय ब्यबस्थापन समितिले जनाएको छ ।
एनआरएन साउदीले भवन निर्माणका लागि प्रदान गर्ने रकम विद्यालय र एनआरएन साउदी बीच भएको सम्झौता पत्र अनुसार तिन किस्तामा हस्तान्तरण हुनेछ र पहिलो किस्ताको केहि रकम निकासी गरि पठाई सकेको साउदी एनआरएन महासचिव तेजबहादुर थापाले विद्यालयलाई जानकारी दिनु भएको छ । पहिलो किस्ताको बाँकी रकम पनि निकट भविष्यमै निकासी गरि पठाइने थापाले बताउनु भएको छ ।
भवन निर्माण बारे थप छलफलका लागि स्थानीय अभिभावकहरु बीच भोलि पुनः बैठक बस्ने भएको छ ।