सिद्धार्थ मावि जिनाबाङ, ६ असोज २०७३/ सिद्दार्थ मावि घोप्टेओढार जिनावाङ्गमा संचालित नमुना विद्यालय निर्माण अभियानको पन्च बर्षे योजना अन्तर्गत भौतिक सुधार कार्यक्रमका लागि गैर आवासीय नेपाली संघ राष्ट्रिय परिषद साउदी अरबले १० लाख ५० हजार बराबरको लगानीमा स्कुल भवनको शिलान्यास तथा उद्घाटन यहि असोज ५ गते सम्पन्न भएको छ । उक्त दुईकोठे पक्कि भवन एनआरएन साउदी संस्थाले विद्यालयलाई अनुदान स्वरूप निसुल्क प्रदान गरेको हो ।
शिलान्यास तथा उद्घाटन कार्यक्रमका प्रमुख अतिथिमा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद बैदेशिक रोजगार तथा आप्रवासी नेपाली कल्याणकारी समितिका संयोजक श्री धरम के.सी. रहनु भएको थियो भने समाहरोहका बिशेष अतिथिहरुमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबका महासचिव श्री तेज बहादुर थापा, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबकी महिला संयोजक श्रीमती उषा के.सी., गैर आवासीय नेपाली संघ पुर्वी क्षेत्रिय समिति साउदी अरबका क्षेत्रिय अध्यक्ष श्री चन्द्र मणि भन्डारी, र जिल्ला शिक्षा कार्यलयका प्रतिनिधि तथा स्रोत व्यक्ती (आरपि) श्री शेर बहादुर डाँगी रहनु भएको थियो ।
विव्यस अक्ष्यक्ष तिलकराम ओलीको सभापतित्वमा भएको कार्यक्रममा स्थानीय राजनीतिदलका प्रतिनिधिहरु, विभिन्न बिद्यालका शिक्षक प्रतिनिधिहरु, स्थानीय स्तरका अभिभाबक तथा महिला आमासमुह र बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा उपस्थित प्रमुख अतिथि तथा अन्य अतिथिहरुलाई स्थानीय बासीहरुले झाँकी द्वारा स्वागत गरेका थिए । कार्यक्रमको संचालन भए लगतै विद्यालयले आमन्त्रित अतिथिहरुलाई दोसल्ला ओढाएर अबिरल्यापन संगै माल्यार्पण द्वारा भब्य स्वागत गरेको थियो ।
अक्षयकोष समितिका अध्यक्ष तोप बहादुर ओलीले मन्तब्य द्वारा स्वागत गर्नु भएको थियो भने प्रधानाध्यापक गोर्ख ओली र सहायक शिक्षण तेजेन्द्र गिरिद्वारा संचालन गरिएको उक्त कार्यक्रम रोल्पा रेडियोबाट प्रत्यक्ष प्रसारण गरिएको थियो । कार्यक्रमको बीच बिचमा आमा समुह, अभिभावकहरुको लहरे समुह र विद्यार्थीहरुले आ-आफ्नो सांस्कृतिक (नृत्य) प्रस्तुत गरेका थिए ।
एनआरएन साउदी द्वारा अनुदान स्वरूप दुइ कोठे पक्कि भवनको शिलान्यास कार्यक्रमका प्रमुख अतिथि धर्म के.सी. द्वारा भएको थियो । यसका साथै भवन निर्माण सम्झौता पत्रमा एनआरएन साउदीको तर्फबाट महासचिव तेज बहादुत थापा र विद्यालयको तर्फबाट अभियान संयोजक प्रेम बहादुर ओली, बिब्यस अध्यक्ष तिलकराम ओली र प्रधानाध्यापक गोर्ख बहादुर ओलीले हस्ताक्षर गर्नु भएको थियो ।
भवनको निर्माण कार्य सपन्न भए लगतै २०७४ सालमा विद्यालयलाई थप कम्प्युटर र अन्य सामाग्रीहरु पनि उपलब्ध गराई आफै जडान गरिदिने समेत सम्झौता पत्रमा उल्लेख छ ।
बिद्यालयको इतिहास र बर्तमान संगै नमुना बिद्यालय निर्माण अभियान बारे अभियान संयोजक प्रेम बहादुर ओलीले प्रस्ट्याउनु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि र अन्य बिशेष अतिथिहरु द्वारा मन्तब्य राख्ने काम भएको थियो । नमुना विद्यालय निर्माण अभियान बालबालिकाहरुको भबिष्य सँग जोडिएको र अत्यन्त समय सान्दर्भिक भएको जनाउदै यस अभियान प्रति एनआरएन साउदी आबस्यक थप सहकार्यका लागी प्रतिबद्द रहेको एनआरएन साउदीका महासचिव तेज बहादुर थापाले मन्तब्यका क्रममा जनाउनु भएको थियो ।
जिल्ला शिक्षा कार्यालयका प्रतिनिधि तथा स्रोत व्यक्ति शेर बहादुर डाँगीले अभियान कर्मीहरुलाई बधाई दिदै देशकै नमुना अभियानको थालनी भएको हुँदा सफलताको शुभकामना दिनु भएको थियो ।
त्यसै गरि कार्यक्रमका प्रमुख अतिथि धर्म केसीले कार्यक्रमलाई सम्बोधन गर्दै, “बिदेशमा रहेको गैर आवासीय नेपाली संघ नेपालीहरुका लागि भएको बताउनु भयो ! एनआरएनलाई हेर्ने दृष्टिकोण प्रतिको नकारात्मक धारणालाई चिर्दै एनआरएन बारे सँस्थागत धारणा राख्दै प्रस्ट्याउनु भएको थियो । देशका युवाहरुलाई लुट्दै बेच्ने दलालहरुका बिरुद्द एनआरएनको संघर्ष जारि रहेको बताउदै, विदेश जाने युवाहरु महङ्गो शुल्क तिरेर नजान समेत आग्रह गर्नु भएको थियो ।
अतिथिहरुलाई सम्मानपत्र ज्ञापन गर्दै कार्यक्रमको समापन गरिएको थियो । रोल्पा रेडियो मार्फत कार्यक्रमको प्रत्यक्ष प्रसारण समेत गरिएको थियो ।
कार्यक्रमका केहि झलकहरु
भवन सिलान्यास कार्यक्रममा आमा समुह प्रस्तुति दिदै
फोटो : कुल बहादुर ओली (अक्षयकोष समिति सदस्य)
समाचार : केबी गुरुङ (बिद्यालय सूचना बिभाग प्रमुख)