२२ कार्तिक २०७३/सुचना बिभाग,
सिद्दार्थ मावि घोप्टेओढार जिनाबाङ रोल्पाले नमुना विद्यालय निर्माण सहयोगार्थ २९औं वार्षिकोत्सव कार्यक्रम भब्य-तब्यका साथ् सम्पन्न गरेको छ । नमुना बिद्यालय निर्माण अभियानलाई लक्षित गरि विविध खेलकुद तथा सांस्कृतिक कार्यकमका साथ् समापन गरेको छ ।
कार्तिक १७ गते स्थानीय स्तरका राजनीतिक तथा बौद्धिक व्यक्तित्वहरुको उपस्थितिमा उदघाटन वार्षिकोत्सव गरिएको थियो। विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तिलक राम ओलीको सभापतित्वमा भएको उक्त उद्घाटन समारोहका प्रमुख अतिथिमा स्थानीय बौद्धिक व्यक्तित्व तथा राजनीतिज्ञ नेकपा (माओवादी) केन्द्रिय सदस्य चुडामणि ओली रहनु भएको थियो। बिशेष अतिथिमा जिल्ला शिक्षा कार्यालय स्रोत व्यक्ति तथा आरपी शेर बहादुर डाँगी र गाबिस सचिप तथा गाउ शिक्षा समितिका अध्यक्ष कमल राज ओली रहनु भएको थियो ।
अतिथिहरुमा नेपाली काँग्रेसक प्रतिनिधि कुल बहादुर खत्री, नेकपा एमालेका प्रतिनिधि देउराज ओली, नेकपा माओबादी केन्द्रका प्रतिनिधि रेशम बहादुर डाँगी, राप्रपा नेपालका प्रतिनिधि सेते ओली रहनु भएको थियो। साथै विभिन्न कलब तथा संस्था प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।
यसै बिद्यालयमा अध्यन गरेर २०७२ सालमा त्रिभुवन विश्वबिद्यालयको शिक्षासास्त्र संकाय अन्तर्गत स्नातक तहमा छात्रातर्फ सबैभन्दा बढी अंक प्राप्त गर्न सफल विद्यालयकि भूपू छात्रा लेखा केसीलाइ २९औं वार्षिकोत्सवको अबसरमा विद्यालयले सम्मान पत्र द्वारा सम्मान गरेको हो। स्नातकतहमा ७२% प्राप्त गरि उतकृष्ट भएकी लेखा केसीलाई ३७ औं शिक्षा दिवसको अबसरमा सम्माननीय महिला राष्ट्रपति बिध्यादेबी भण्डारीबाट “नेपाल छात्रा बिद्यापदक” ले विभूषित भइ गोल्ड मेडल समेत प्राप्त गरेकी थिन।
यसरि यहि बिद्यालयबाट २०७३ को एसएलसी परिक्षामा बि-पलसमा उतिर्ण भएका विद्यार्थीहरु दिपजलन ओलि, रमेश वि.क. र लोकेश डाँगीलाई विद्यालयले सम्मान गरेको थियो ।
उदघाटन कार्यक्रममा आमन्त्रित राजनीतिक दलहरु तथा अन्य प्रभुत्व व्यक्तिहरुले (अतिथिहरु) नमुना विद्यालय निर्माण आजको आबस्यकता भएको बताउदै सहयोग गर्ने प्रतिबद्दा मन्तब्यको क्रममा राखेका थिए।
आमन्त्रित अतिथिहरुलाई मायाको चिनो दिएर बिद्यालयले सम्मान गरेको छ ।
कार्तिक १७ गते देखि २२ गते सम्म चलेको वार्षिकोत्सवमा खेलकुद तथा अन्य प्रतियोगिताहरु यस्ता थिए:
खुल्ला भलिबल (१० टिमको सहभागिता) | |||
क्र.स. | ग्रुप विवरण | स्थान हासिल | पुरस्कार हासिल |
१ | मैयानी दमाचौर सल्यान | पहिलो स्थान | ३० हजार/प्रमाणपत्र/गोल्ड मेडल |
२ | गणेश आधारभूत बिद्यालय जिनाबाङ -४ रोल्पा | दोश्रो स्थान | २० हजार/प्रमाणपत्र/गोल्ड मेडल |
३ | पिपल्नेटा सल्यान | तेस्रो स्थान | १० हजार/प्रमाणपत्र/गोल्ड मेडल |
४ | भगवती आधारभूत बिद्यालय जिनाबाङ -५ रोल्पा | चौथो स्थान | प्रमाणपत्र/गोल्ड मेडल |
निमावि स्तरीय हाजिर जबाफ ( ८ विद्यालय सहभागिता) | |||
१ | सिद्दार्थ माबि घोप्टेओढार जिनाबाङ ३ रोल्पा | पहिलो स्थान | रु. ३०००/प्रमाणपत्र/गोल्ड मेडल |
२ | बिरेन्द्र उमाबी नाउली जिनाबाङ -९ रोल्पा | दोश्रो स्थान | रु. २२००/प्रमाणपत्र/गोल्ड मेडल |
३ | भानुभक्त मावि दमाचौर सल्यान | तेस्रो स्थान | रु. १६००/प्रमाणपत्र/गोल्ड मेडल |
लोक दोहोरी साईलैजी भाकामा प्रतियोगिता (६ ग्रुप सहभागिता) | |||
१ | घरबिर-२ रोल्पा (बेलाराम बुढाको टिम) | पहिलो स्थान | रु. २५००/प्रमाणपत्र/गोल्ड मेडल |
२ | घोप्टेओढार-३ रोल्पा (खर्कु बुढाको टिम) | दोश्रो स्थान | रु. १८००/प्रमाणपत्र/गोल्ड मेडल |
३ | जलेखर्क सल्यान (सोभारामको टिम) | तेस्रो स्थान | रु. १२००/प्रमाणपत्र/गोल्ड मेडल |
एकल नृत्य प्रतियोगिता (१३ जना सहभागिता) | |||
१ | बिष्णु चन्द शाही (दमाचौर सल्यान) | पहिलो स्थान | रु. २५००/प्रमाणपत्र/गोल्ड मेडल |
२ | बुनु विक (ओत रोल्पा) | दोश्रो स्थान | रु. १८००/प्रमाणपत्र/गोल्ड मेडल |
३ | टिका बिक (ओत रोल्पा) | तेस्रो स्थान | रु. १२००/प्रमाणपत्र/गोल्ड मेडल |
पुरुष घैटोफोर (४३ जना सहभागिता) | |||
१ | निर्मल बुढा | घैटो फोर्न सफल | रु. १०००/प्रमाणपत्र/गोल्ड मेडल |
महिला तातोआलु प्रतियोगिता (१६ जना सहभागिता) | |||
१ | जमुना बुढा (कलाभिर) | पहिलो स्थान | रु. १०००/प्रमाणपत्र/गोल्ड मेडल |
२ | अमृता घर्ति (घोप्टेओढार) | दोश्रो स्थान | रु. ७००/प्रमाणपत्र/गोल्ड मेडल |
३ | कमला पुन (डाँडाखुटी) | तेस्रो स्थान | रु. ५००/प्रमाणपत्र/गोल्ड मेडल |
आर्थिक विवरण निकट भबिस्यमा प्रकाशन गर्ने छौ।
कार्यक्रमका झलकहरु : (तस्बिर, कुल बहादुरओली, कमल घर्ति, नबिन खड्का, प्रेम बहादुर ओली)